Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

युवा उद्यमी

'जल्ने होइन, लड्ने हो !'

'जल्ने होइन, लड्ने हो !'

सोमबार, साउन ११ २०८३
सोमबार, साउन ११ २०८३
  • काठमाडौं । नेपालका गाउँघर आजभोलि एकाएक सुनसान बन्दै गएका छन्। युवाहरू उच्च शिक्षा र अवसरको खोजीमा शहर वा विदेशतिर पलायन हुँदा गाउँका उर्वर खेतबारीहरू बाँझो पाखामा परिणत भइरहेका छन्। एकातिर परम्परागत खेतीमा बाँदर र बँदेलजस्ता जङ्गली जनावरको आतङ्कले किसानलाई निराश बनाएको छ । अर्कोतिर भने उत्पादन भइसकेपछि पनि बिचौलिया र दलालहरूको जगजगीले श्रमको उचित मूल्य पाउन गाह्रो बनाएको छ।

    images

    नेपाली गाउँघरमा परापूर्वकालदेखि चल्दै आएको मकै, धान वा कोदोको परम्परागत खेती अहिले जङ्गली जनावरको आक्रमणका कारण जोगाउनै धौ-धौ परेको छ। बाँदरको आतङ्कले मकै, फलफूलका खेती चौपट पारिदिएपछि धेरै किसानले खेतीपाती नै छाडिदिएका छन्।

    यही निराशाजनक परिदृश्यका बीच, केही युवाहरू भने शहर र राजनीतिबाट पुनः आफ्नै माटोमा फर्किएर कृषिलाई व्यावसायिक र आधुनिक बनाउने नयाँ लडाइँ लडिरहेका छन्। 

    नेपाली समाजमा अझै पनि ‘पढेलेखेको मान्छेले खेतीपाती गर्नु हुँदैन’ भन्ने एउटा गलत बुझाइ कायमै छ। कृषि भन्नेबित्तिकै झुत्रे र दयनीय अवस्थाको चित्र मानसपटलमा आउने गर्छ। यसले गर्दा धेरै युवाहरू माटो छुन लाज मान्छन् र खाडी मुलुकमा पुगेर साबेल चलाउन वा भुइँ पुछ्न तयार हुन्छन्, तर आफ्नै भूमिमा आधुनिक खेती गर्न हिचकिचाउँछन्।

    गाउँबाट हजारौँ युवा दैनिक जसो उच्च शिक्षा र राम्रो अवसरको खोजीमा काठमाडौं आउँछन्। अरु जस्तै भुम्लुका मदन कुमार खरेल पनि उच्च शिक्षा र राम्रो अवसरको खोजीमा काठमाडौँ छिरे। सुरुमा काठमाडौं आउँदा उनको मनमा गाउँ फर्किने कुनै दीर्घकालीन योजना थिएन। 

    अरू हजारौँ युवाहरू जस्तै उनी पनि राजधानीको भीडमा आफ्नो भविष्य खोजिरहेका थिए। तर काठमाडौँको बसाइ सहज थिएन। विद्यार्थी राजनीति, वैचारिक आस्था र तत्कालीन घटनाक्रमका कारण उनी राजनीतिक बन्दीसमेत बने। जेल र हतकडीको अनुभव, बीचैमा रोकिएको पढाइ, र राजनीतिक उथलपुथलले उनको जीवनको दिशा नै फेरिदियो।

    बिचमै रोकिएको ब्याचलरको पढाइलाई पुनः निरन्तरता दिँदै गर्दा उनले आफ्नै गाउँतिर फर्किएर हेरे। त्यहाँको दृश्य अझ उराठलाग्दो थियो। गाउँको पाखाका खेतबारीहरू बाँझै थिए, गाउँ युवाविहीन बनेको थियो र जो बाँकी थिए तिनलाई पनि बाँदर र बँदेलको आतङ्कले निराश बनाएको थियो। सबैजना छाडेर भाग्ने नै हो भने यो माटो कसले खोस्रिने भन्ने प्रश्नले उनलाई काठमाडौँको मोहबाट तानेर पुन आफ्नै जन्मभूमिमा फर्कायो।

    आफ्नो गाउँ फर्केर उनी चुप लागेर बसेनन् । बाँझो भएका जमिनलाई कसरी हरियाली बनाउने र बाँदरबाट कसरी बालि जोगाएर आफ्नै ठाउँमा केहि गर्ने भनेर सोच्न ,अध्ययन र अनुसन्धान गर्न लागे । उनले विकल्पका रूपमा कफी खेती रोजे। अहिले उनले अन्य जिल्लाहरूको भ्रमण गरि कफीका बोटहरू सुरुमा जोगाउन सकेपछि बाँदरले फल नखाने अनुभव बटुलेर आफ्नै बाँझो जमिनमा १०० भन्दा बढी कफीका बोट रोपिसकेका छन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij