Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

गणेश नेपालीप्रति श्रद्धाञ्जली, सरकारमाथि कांग्रेसको प्रश्न

गणेश नेपालीप्रति श्रद्धाञ्जली, सरकारमाथि कांग्रेसको प्रश्न

शुक्रबार, असार २६ २०८३
शुक्रबार, असार २६ २०८३
  • काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिना र नेपाली कांग्रेसकी सांसद गीता गुरुङ शुक्रबार साँझ माईतीघर मण्डल पुगेका छन्।

    images

    IMG-20260710-WA0108.jpg

    उनीहरूले गणेश नेपालीको मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।

    IMG-20260710-WA0114.jpg
    सरकारप्रति आक्रोस पोख्दै कांग्रेस नेता 

    श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता तिमिल्सिना र सांसद गुरुङले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको बताएका छन्।

    उनीहरूले उक्त घटनाको नैतिक जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने धारणा राख्दै यस्ता दुःखद घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

     साथै घटनाको निष्पक्ष छानबिन सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग समेत गरेका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij