हेटौंडा।राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बागमती प्रदेशको हेटौंडामा शान्तिपूर्ण आन्दोलनरत अपाङ्गता भएका व्यक्तिहरूमाथि गरिएको प्रहरी ज्यादती दुर्व्यवहार र दमनप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको घोर निन्दा गरेको छ।
महासंघले बागमती प्रदेश सरकारले हालसम्म अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित हुने ऐन कानुन नीति तथा बजेटको पर्याप्त व्यवस्था नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
आन्दोलनका क्रममा दृष्टिविहीन व्यक्तिको सेतो छडी खोस्ने प्रयास बल प्रयोग र अपमानजनक व्यवहार संविधान मानव अधिकार र अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएको महासंघको ठहर छ।
महासंघले आन्दोलनरत पक्षका न्यायोचित माग तत्काल सम्बोधन गर्न घटनाको निष्पक्ष छानबिन गर्न दोषीमाथि कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
साथै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्मान पहुँच र समान सहभागिता सुनिश्चित हुने गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था तत्काल निर्माण र कार्यान्वयन गर्न आग्रह गरेको छ।
महासंघले शान्तिपूर्ण आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै संवाद र लोकतान्त्रिक मूल्य मान्यतामार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।


