Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

१५ असार : डीडीसीले १ लाख केजी दही बिक्री गर्ने

१५ असार : डीडीसीले १ लाख केजी दही बिक्री गर्ने

शुक्रबार, असार १२ २०८३
शुक्रबार, असार १२ २०८३
  • काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले १५ असारमा मनाइने दही चिउरा खाने परम्परालाई लक्षित गर्दै यस वर्ष करिब १ लाख केजी दही बिक्री गर्ने लक्ष्यसहित विशेष तयारी गरेको छ।

    images

    संस्थानले सोहीअनुसार उत्पादन सुरु गरिसकेको जनाएको छ। संस्थानका अनुसार विगतका वर्षहरूमा १५ असारको अवसरमा करिब ५० हजार केजी दही बिक्री हुँदै आएको थियो। यस वर्ष उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै बिक्री लक्ष्य दोब्बर बनाइएको हो।

    डीडीसीका अनुसार सामान्य अवस्थामा संस्थानले दैनिक करिब १५ हजार केजी दही बिक्री गर्दै आएको छ। १५ असारलाई लक्षित गर्दै भने उत्पादन उल्लेखनीय रूपमा बढाइएको छ।

    संस्थानले आफ्ना नियमित बिक्री काउन्टर, बुथ, डिलर तथा फ्रेन्चाइज सञ्जालमार्फत देशभर दही बिक्री, वितरण सुरु गरिसकेको जनाएको छ। दही चिउरा खाने पर्वका अवसरमा उपभोक्तालाई सहज रूपमा दही उपलब्ध गराउन आवश्यक उत्पादन, ढुवानी र वितरण व्यवस्थापनसमेत मिलाइएको संस्थानको भनाइ छ।

    हरेक वर्ष १५ असारमा दही–चिउरा खाने नेपाली परम्पराका कारण दहीको माग उल्लेखनीय रूपमा बढ्ने भएकाले यस वर्ष लक्ष्यअनुसार बिक्री हुने अपेक्षा संस्थानले गरेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij