Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नेपालले मलेसियालाई ७ विकेटले हरायो

नेपालले मलेसियालाई ७ विकेटले हरायो

भक्स पप नेपाल
शुक्रबार, माघ ११ २०८१
भक्स पप नेपाल
शुक्रबार, माघ ११ २०८१
  • काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपको प्लेअफमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराएको छ ।

    images

    मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन् । मलेसियाकी मर्स्या अब्दुल्लाहले ३ विकेट लिइन् ।

    यसअघि जोहोर एकेडेमी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ बलमा ४५ रनमा अलआउट भयो । मलेसियाकी नुरिमन हलिदले सबैभन्दा धेरै १५ रन बनाइन् । मलेसियाकी अन्य खेलाडीको दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी पूजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले १ - १ विकेट लिए ।

    १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जीत हो । मलेसियाले भने जीतविहीन रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यस्तै मलेसियाले भारत, श्रीलंका र वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij