काठमाडाैं। शेयरबजार परिसूचक नेप्सेमा बिहीबार ८ अंकको गिरावट आएको छ। अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से सूचक आज ८.१४ अंकले घट्दै २ हजार ७२८.०३ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको हो ।
आज ३ अर्ब ९० करोड ६२ लाख रुपैयाँबराबरको ९२ लाख ३१ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ। यस दिन होटल तथा पर्यटन र म्यानु एन्ड प्रो समूहको उपसूचकबाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १७८ कम्पनीको शेयरमूल्य घट्दा आज ८२ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको स्थिर छ। आज सोपान फर्मास्युटिकल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट (१५ प्रतिशतले वृद्धि) लागेको छ ।


