Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

विपद् व्यवस्थापनमा ड्रोन प्रयोग गर्ने सरकारको तयारी

विपद् व्यवस्थापनमा ड्रोन प्रयोग गर्ने सरकारको तयारी

बिहीबार , जेठ २८ २०८३
बिहीबार , जेठ २८ २०८३
  • काठमाडौं। सरकारले प्राकृतिक विपत्तिको सामना र व्यवस्थापनका लागि आधुनिक प्रविधि तथा ड्रोनको प्रयोग गर्ने बताएकाे छ। बिहीबार बिहान आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन कार्यमा नयाँ प्रविधि र ड्रोनलाई प्राथमिकतामा राखेर मन्त्रालयले योजना बनाइरहेको जानकारी दिएका हुन्।

    images

    सिन्धुपाल्चोक र काभ्रेमा यसअघि ड्रोनमार्फत सफलतापूर्वक राहत सामग्री वितरण गरिएको स्मरण गराउँदै गुरुङले अब मन्त्रालयले २ सय केजीसम्म सामान बोक्न सक्ने क्षमताका 'हेभी लिफ्टिङ ड्रोन' खरिद गर्ने प्रक्रिया अगाडि बढाएको समेत बताए।

    सामान खरिदको विद्यमान कानुनी प्रक्रिया निकै लामो र झन्झटिलो भएको भन्दै मन्त्री गुरुङले असन्तुष्टि समेत पोखेका छन्। उनली भन्छन्, 'अहिलेको सार्वजनिक खरिद ऐनअनुसार ड्रोन किन्नै ४५ दिन लाग्छ, त्यतिन्जेल त मनसुन नै सकिइसक्छ। विपद्को समयमा छिटो र छरितो रूपमा काम गर्नका लागि यो ऐन संशोधन गर्न जरुरी छ, जसमा सांसदहरूको सहयोग आवश्यक पर्छ।'

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij