Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

आइतबार, जेठ २४ २०८३
आइतबार, जेठ २४ २०८३
  • पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रतिस्पर्धी एकराज न्यौपानेलाई एक मतले पराजित गर्दै अधिकारी सभापतिमा निर्वाचित भएका हुन्। उनी १ सय १५ मत प्राप्त गरी सभापतिमा छनौट हुँदा न्यौपानेले १ सय १४ मत प्राप्त गरेका हुन् । कुल २ सय ९० मतदातामध्ये दुई सय ३३ मत खसेको निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट जिल्ला उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल, सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित भएका छन्। कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ।

    images

     

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij