Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

यु - १९ महिला टी–२० विश्वकपमा नेपालले आज मलेसियासँग खेल्दै

यु - १९ महिला टी–२० विश्वकपमा नेपालले आज मलेसियासँग खेल्दै

भक्स पप नेपाल
शुक्रबार, माघ ११ २०८१
भक्स पप नेपाल
शुक्रबार, माघ ११ २०८१
  • काठमाडौं : आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।

    images

    खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

    मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

    नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल,बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij