Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

बालविवाह अन्त्यका लागि व्यवहारिक कार्यान्वयनमा जोड

बालविवाह अन्त्यका लागि व्यवहारिक कार्यान्वयनमा जोड

बिहीबार , जेठ ७ २०८३
बिहीबार , जेठ ७ २०८३
  • ललितपुर । 'बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका, २०८२' निर्माण प्रक्रियाका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। 'बालिका दुलही होइनन् नेपाल' को आयोजनामा ललितपुरमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि केवल कानुन मात्र पर्याप्त नभएको भन्दै यसको व्यवहारिक कार्यान्वयन र स्थानीय तहको सक्रियतामा जोड दिएका छन्।

    images

    WhatsApp Image 2026-05-21 at 1.48.24 PM.jpeg

    विशेषगरी बालबालिका तथा युवाहरूको सहभागिता रहेको उक्त छलफलमा कानुन निर्माणसँगै समुदायस्तरमा सचेतना र प्रभावकारी अनुगमनको आवश्यकता औंल्याइएको थियो। कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरूले बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले ग्रामीण क्षेत्रमा अझै पनि आर्थिक अवस्था, अशिक्षा र सामाजिक परम्पराका कारण बालविवाह हुने गरेको यथार्थ प्रस्तुत गरेका थिए।

    WhatsApp Image 2026-05-21 at 1.48.25 PM (1).jpeg

    कार्यक्रममा आफ्नो धारणा राख्दै 'बालिका दुलही होइनन्' राष्ट्रिय सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयनसँगै समुदायमा व्यवहार परिवर्तन आवश्यक रहेको बताए। त्यस्तै राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बालअधिकार संरक्षणका लागि स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वय हुनुपर्नेमा जोड दिए। नेटवर्ककी सचिवालय व्यवस्थापक इलावयी केसीले किशोरीहरूको शिक्षामा पहुँच र आत्मनिर्भरता सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् भने महासचिव सबिना भण्डारीले बालविवाहलाई केवल कानुनी नभई सामाजिक समस्याका रूपमा हेरेर दीर्घकालीन सचेतना अभियान सञ्चालन गर्नुपर्ने धारणा राखिन्।

    WhatsApp Image 2026-05-21 at 1.48.25 PM.jpeg

    प्रस्तुत मस्यौदा निर्देशिकामाथि छलफल गर्दै सहभागीहरूले वडा, पालिका तथा सरोकारवाला निकायबीच समन्वय गरी जोखिम पहिचान तथा रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा स्थानीय तहको भूमिका, अनुगमन संयन्त्र, बालअधिकार संरक्षण समिति तथा महिला तथा बालबालिका शाखाको जिम्मेवारीबारे समेत प्रस्तुति राखिएको थियो। संकलित सुझावहरूलाई निर्देशिका निर्माण प्रक्रियामा समावेश गरिने आयोजकले जनाएको छ।

    WhatsApp Image 2026-05-21 at 1.48.26 PM.jpeg

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij