Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

नेपालको अर्थतन्त्रमा चुनौती नै चुनौती

नेपालको अर्थतन्त्रमा चुनौती नै चुनौती

सोमबार, वैशाख १४ २०८३
सोमबार, वैशाख १४ २०८३
  • काठमाडौं। नेपाल सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक स्थिति पत्रले देशको अर्थतन्त्रमा गम्भीर संरचनात्मक समस्या र बाह्य जोखिमहरू बढ्दै गएको औँल्याएको छ। प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि पछिल्लो दशकमा औसत ४.२ प्रतिशत मात्र रहेको छ, जुन क्षेत्रीय मुलुकहरूको तुलनामा निकै कम हो। चालु आर्थिक वर्षमा समेत आर्थिक वृद्धि ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ।

    images

    अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको उत्पादकत्वमा ह्रास आएको प्रतिवेदनले देखाएको छ। कुल जनसंख्याको ६२ प्रतिशत हिस्सा कृषिमा आश्रित भए पनि यसको योगदान कुल गार्हस्थ उत्पादनमा २५.२ प्रतिशत मात्रै सीमित छ। उद्योग क्षेत्र क्रमशः कमजोर बन्दै जाँदा सेवा क्षेत्रको विस्तार भए पनि यसले दीर्घकालीन रोजगारी सिर्जना र आर्थिक स्थायित्वमा अपेक्षित योगदान दिन सकेको छैन।

    वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र बेरोजगारी दर (१२.६ प्रतिशत) ले मानव पूँजी क्षयको ठूलो जोखिम निम्त्याएको छ। वार्षिक लाखौं नेपाली युवा विदेशिनु र स्वदेशमा निजी क्षेत्रको लगानीमा गिरावट आउनुले आर्थिक रूपान्तरणको बाटो थप चुनौतीपूर्ण बनेको छ। बचत र लगानीबीचको बढ्दो खाडलले गर्दा ठूला आयोजना र उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन हुन सकेको छैन।

    वित्तीय अवस्थातर्फ सार्वजनिक ऋणको ग्राफ निकै डरलाग्दो देखिएको छ। कुल गार्हस्थ उत्पादनको अनुपातमा ऋण २२.५ प्रतिशतबाट बढेर ४३.८ प्रतिशत पुगेको छ। करको आधार साँघुरो हुनु र अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहनुले राजस्व परिचालनमा समस्या देखिएको छ। उच्च चालु खर्च र बजेट घाटाका कारण वित्तीय स्थायित्व कायम गर्न सरकारलाई दबाब परेको छ।

    अन्तर्राष्ट्रिय परिदृश्यमा पनि चुनौतीका चाङ थपिएका छन्। मध्यपूर्वको द्वन्द्व र इन्धनको मूल्य वृद्धिसँगै नेपाल (FATF) को 'ग्रे–लिस्ट' मा पर्न सक्ने जोखिमले वैदेशिक लगानी र व्यापारमा प्रतिकूल असर पर्ने देखिएको छ। यद्यपि, जलविद्युत्, पर्यटन, वन तथा खनिज स्रोतको प्रभावकारी उपयोग, सुशासनमा सुधार र लगानीमैत्री वातावरण निर्माणमार्फत आर्थिक रूपान्तरण गर्न सकिने सम्भावनालाई प्रतिवेदनले औँल्याएको छ।

    April 2026 Status Paper (2)_zgpipjt (8).pdf :To download file click here

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij