काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी–काठमाडौं सम्पर्क विभागको पहिलो बैठक सम्पन्न भएको छ। काठमाडौंमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका डोटेली नागरिक, पार्टी सदस्य तथा शुभचिन्तकहरूको सहभागितामा बैठक आयोजना गरिएको हो।
बैठकले डोटेली समुदायबीच सहकार्य, सम्पर्क र समन्वयलाई अझ सुदृढ बनाउने उद्देश्य लिएको जनाएको छ। साथै, डोटी जिल्लामा रहेका समस्या तथा स्थानीय आवाजलाई राजधानी काठमाडौंसम्म प्रभावकारी रूपमा पुर्याउने र सम्बन्धित निकायसम्म समन्वय गर्ने विषयमा पनि छलफल गरिएको थियो।
त्यसैगरी, काठमाडौंमा बसोबास गर्ने डोटेली नागरिकहरूले भोग्नुपर्ने विभिन्न समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने, आपसी सहयोग अभिवृद्धि गर्ने र समुदायलाई एकताबद्ध बनाउने दिशामा काम गर्ने निर्णय बैठकले गरेको छ।


