Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अष्ट्रेलियासँग ८३ रनले पराजित, विश्वकपबाट बाहिरियो

अष्ट्रेलियासँग ८३ रनले पराजित, विश्वकपबाट बाहिरियो

भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
  • काठमाडौँ। मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई ८३ रनले हारएको छ ।

    images

    अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५६ रनमा रोकिएपछि ८३ रनले पराजित हुन पुगेको हो । योसँगै नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

    नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् । अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २(२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन् ।

    यो हारसँगै नेपाल सुपर ६ मा पुग्न असफल भएको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ ।

    नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij