Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

निर्वाचनपछिको नेपाल...

निर्वाचनपछिको नेपाल...

मंगलबार, फागुन १९ २०८२
मंगलबार, फागुन १९ २०८२
  • काठमाडौं। बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। लोकतन्त्रको उत्सवका रूपमा लिइने निर्वाचनप्रति यसपटक नागरिकको चासो उच्च छ।

    images

    यसपालि कूल १६५ निर्वाचन क्षेत्रबाट ३ हजार ४ सय छ उमेदवार चुनावी मैदानमा छन्। मतदाताबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक गरी जम्मा २७५ जनाले आगामी देशको भविष्य बनाउने छन्।

    मङ्गलबारदेखी मौन अबधि सुरू भएको छ। यो समयमा कुनै पनि दल वा दलको उमेदवारले कुनै पनि चुनावी गतिविधि गर्ने पाइँदैन। विशेषगरी मतदातालाई उमेदवारको समीक्षा गरेर भोट कसलाई हाल्ने भन्ने सोच्ने समय पनि हो यो।

    निर्वाचनको पूर्वसन्ध्यामा अधिकांश नागरिकले निर्वाचनपछि देश सुशासनयुक्त र भ्रष्टाचारमुक्त बन्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको भनाइमा सरकार फेरिनु मात्र पर्याप्त छैन, शासनशैली फेरिनु जरुरी छ। नवपुस्ताको विद्रोह खेर नजाओस् भन्ने उनीहरूको चाहना छ।

    केहीले राजनीतिक अस्थिरता अन्त्य हुनुपर्ने बताए। बारम्बार सरकार परिवर्तन हुँदा विकास निर्माणका काम प्रभावित हुने भन्दै स्थिर र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा थियो।

    युवाहरूले विशेषगरी रोजगारी सिर्जना हुनुपर्ने र विदेश पलायन रोक्ने वातावरण बन्नुपर्ने माग गरे। महँगी नियन्त्रण, सार्वजनिक सेवामा पारदर्शिता र राज्य संयन्त्रमा जवाफदेहिता कायम हुनुपर्ने उनीहरूको जोड थियो।

    सबैले यहि चाहेका छन्- ‘निर्वाचन सत्ता परिवर्तनको प्रक्रिया मात्र नहोस्, जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने आधार बनोस्।’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij