Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'देश परिवर्तनको लागि चुनाव निर्णायक बन्नेछ'

'देश परिवर्तनको लागि चुनाव निर्णायक बन्नेछ'

बिहीबार , फागुन ७ २०८२
बिहीबार , फागुन ७ २०८२
  • काठमाडौंजेन–जी आन्दोलन भएको छ महिना हुनै लाग्दा पनि आन्दोलनबारेको चर्चा कम भएको छैन। चुनावी महोलले यसमा अझ बल पुगेको छ। देशको गम्भीर अवस्थामा सामान्य सुधार पनि नआएको कतिपयले भन्ने गरेको पाइन्छ।

    images

    लक्ष्मी पोख्रेललाई आन्दोलनका क्रममा ज्यान गुमाउने र उनीहरूको परिवार देख्दा अझैँ पनि दुख लाग्छ। ‘यस्तो दुःखद दिन फेरी नआओस्,’ लक्ष्मीलाई अझैँ चिन्ता छ,‘तर देश अझैँ सुरक्षित छैन।’ देशको वर्तमान अवस्था यथावत् रहेमा अझ ठूलो आन्दोलन हुन सक्ने चेतावनी उनी दिन्छिन्।

    लक्ष्मी देशको समस्याको मुख्य जिम्मेवार पुरानो पुस्ता नेतामाथि लगाउँछिन्। उनका अनुसार विगतमा नेतृत्व तहमा रहेका व्यक्तिहरूको कारण भ्रष्टाचार, कुर्सीको दुरुपयोग तथा नीतिगत कमजोरी बढ्दै गएको हो। अब देशलाई सही दिशामा लैजान नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्ने उनको धारणा छ। यसको लागि फागुन २१ को चुनावी नतिजा निर्णायक हुनुपर्ने उनी बताउँछिन्।

    उनले जेन–जी आन्दोलन कुनै राजनीतिक दलसँग सम्बन्धित नभई भ्रष्टाचार र षड्यन्त्र विरुद्धको अभियान भएको बताइन्। आन्दोलनका क्रममा प्रहरीले नभई बाहिरी व्यक्तिहरूले युवामाथि गोली चलाएको आफूले प्रत्यक्ष देखेको उनको भनाइ छ।

    राजा र लोकतान्त्रिक व्यवस्थाको तुलना गर्दै उनले भनिन्, ‘राजतन्त्रको समयमा देश शान्त र स्थिर थियो भन्ने अनुभूति हुन्थ्यो। अहिले भने पुरानो पुस्ताको नेतृत्वका कारण देश अस्थिर बनेको छ। रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य छन्।‘ यस्ता विभिन्न समस्याबाट पार लाउन अब युवा पुस्ताले अग्रसरता देखाउनुपर्ने उनी बताउँछिन्। ‘यसो भयो भने मात्र भावी पुस्ताले सुरक्षित र समृद्धि पाउँछन्,’ उनले भनिन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij