Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

यू-१९ महिला टी२० विश्वकप : अष्ट्रेलियाद्धारा नेपाललाई १४० रनको लक्ष्य

यू-१९ महिला टी२० विश्वकप : अष्ट्रेलियाद्धारा नेपाललाई १४० रनको लक्ष्य

भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
  • काठमाडौँ। आईसीसी यू-१९ महिला टी २० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग खेलिरहेको छ । नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ ।

    images

    मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।

    नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन् । तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन् ।

    नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

    समूह डी म यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ । अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij