Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सर्वजनीक

चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सर्वजनीक

भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
भक्स पप नेपाल
बुधबार, माघ ९ २०८१
  • काठमाडौं : नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मङ्गलवार एक कार्यक्रमबिच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । 

    images

    दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् । विवाहको परिवेशमा गीत तयार पारिएको छ । 

    गीतमा विवाहको बिदाइको क्षणलाई देखाइएको छ । यस गीतमा दीक्षित पौडेल र समीरा थपलियाले स्वर दिएका छन्। गीतका शब्द दयाराम पाण्डे र निर्देशक भट्टराईले लेखेका हुन् । 

    सङ्गीत संयोजन शम्भुजित बास्कोटाको हो । भिडियोको कोरियोग्राफर पनि निर्देशक दिवाकर भट्टराई स्वयं हुन् । फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डङ्गोल, राजाराम पौडेल, रमा प्रसाईंलगायतको अभिनय छ । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij