Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

ग्रीक पोएट्री फेस्ट सम्पन्न

ग्रीक पोएट्री फेस्ट सम्पन्न

नेपालका अनेकन भाषामा सुनाइए विश्वविख्यात होमरका कविता

आइतबार, साउन ११ २०८२
आइतबार, साउन ११ २०८२
  • काठमाडौं । नेपाल ग्रीस फ्रेन्डशिप एण्ड कल्चरल एशोसिएशनको आयोजनामा राजधानीमा ग्रीक पोएट्री फेस्ट सम्पन्न भएको छ । रोयल बुटिक होटलमा गत शुक्रबार सम्पन्न कार्यक्रममा प्राचीन ग्रीसेली कवि होमरदेखि समकालीन कविहरूका सिर्जनालाई नेपाली कविहरूले विभिन्न रैथाने भाषामा वाचन गरेका थिए । 

    images

    IMG-20250726-WA0061.jpg

    कार्यक्रमले ग्रीस नेपाल मैत्री सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनुका साथै कला- संस्कृतिको माध्यमबाट नेपालमा ग्रीसेली पर्यटकलाई आकर्षित गर्न सकिने आयोजकको विश्वास छ । 

     

    एशोसिएशनका संरक्षक तथा ग्रीसका लागि नेपाली महावाणिज्यदूत विक्रम पाण्डे काजीले नेपाली र ग्रीसेली संस्कृतिका समानताको चर्चा गर्दै यस्ता अन्तर सांस्कृतिक कार्यक्रमले सम्पदा, संस्कृति र आतिथ्यतामार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि उँचो पार्ने बताएका थिए । एशोसिएशनका अध्यक्ष मनोज नेवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बराल, पर्वतारोही तथा प्रकृति अभियन्ता पिके शेर्पा, वर्ल्डलिंक कम्युनिकेशन्सका बागमती प्रदेश प्रमुख निरोज जोशी, दृष्टि सोलुसनका निर्देशक कृष्ण राज भण्डारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल आदिको उपस्थिति थियो ।

    IMG-20250726-WA0062.jpg

    IMG-20250726-WA0059.jpg

    निकै प्राचीन सभ्यता बोकेको मुलुक ग्रीसका विश्वविख्यात कवि होमरदेखि पछिल्लो पुस्ताका चर्चित कविहरूका ग्रीसेली कवितालाई नेपाली कविहरूले नेपाली, नेवारी, मैथिली, लिम्बु लगायत विभिन्न भाषामा प्रस्तुत गरेका थिए । फेस्टमा पर्यटन र आथित्यता उद्योगसंग सम्बन्धित व्यक्तिहरूलाई नेपाल-ग्रीस फ्रेन्डशिप एण्ड कल्चरल एशोसिएशनको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij