Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘भिसा कुर्ने समयले बनाउँन सक्छ उद्यमी’

‘भिसा कुर्ने समयले बनाउँन सक्छ उद्यमी’

आइतबार, माघ ११ २०८२
आइतबार, माघ ११ २०८२
  • काठमाडौं। ढाका बुन्ने मेसिनको निरन्तरको आवाज र घुमिरहने पाङ्ग्राहरूका बीच नुवाकोटका गणेश एउटा सपना बुनिरहेका हुन्छन्- नेपाललाई उद्यममय बनाउने। उनको उद्यम पनि यही सपना साकार बनाउने दरिलो प्रयास हो। र गणेशको २० वर्षे ‘प्रयास’ले नै त हो- ‘बालाजु ढाँका उद्योग’ यो उचाइसम्म पुगेको।

    images

    WhatsApp Image 2026-01-26 at 10.28.26 AM (1).jpeg

    नुवाकोट स्थायी घर भई हाल काठमाडौँको तार्केश्वरमा बस्ने ओझाको यो व्यवसाय ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस व्यवसायमा उनलाई परिवार र आफन्तको पूर्ण साथ छ । ‘मैले टाढा–टाढाका आफन्तलाई पनि यसै व्यवसायमा समेटेको छु,’ ओझा भन्छन् ।

    गार्मेन्ट व्यवसायी बुबाको छत्रछायामा हुर्किएका गणेशले जिम्मेवारीलाई सानैमा बुझेका थिए । महँगोमा कपडा किनेर सिलाउनुभन्दा आफैँ उत्पादन गर्ने हुटहुटी उनमा थियो । सुरुवाती दिनहरू सहज थिएनन् । कपडा बुन्न सिक्ने इच्छा हुँदाहुँदै पनि कसैले सिकाउने वातावरण नदिएको उनी बताउँछन् । तर पनि सिक्ने हुटहुटीले उनलाई छोडेन। उनले एउटा उद्योगमा काम गरे। कामदारको रुपमा त्यहाँ रहँदा उद्योग सञ्चालनको भित्री पाटाहरू नजिकबाट निहाले ।

    WhatsApp Image 2026-01-26 at 10.28.28 AM (2).jpeg
     काम गर्दै कामदार

    एउटा सानो कोठाबाट सुरु भएको उनको यात्रा आज ठुलो बनेको छ । विदेश जाने होडबाजीका बीच आफ्नै माटोमा केही गर्ने अठोटका साथ उनले उत्पादन क्षेत्र रोजे । उनी भन्छन्, ‘अर्काको कपडा ल्याएर सिलाउनु भन्दा आफैँ उत्पादन गर्नुमा छुट्टै गौरव छ ।’

    नेपाली बजारमा ढाका कपडाको माग उच्च छ, तर उत्पादन भने सीमित । ओझाका अनुसार अहिलेको उत्पादनले बजारको माग धान्न सकेको छैन । ‘सीमित व्यक्तिले उत्पादन गरेर पुग्दैन, उनी थप्छन्, ‘जससँग लगानी र भिजन छ, उनीहरू उत्पादनमा जोडिन आवश्यक छ ।’

    WhatsApp Image 2026-01-26 at 10.28.28 AM.jpeg

    नेपालको शिक्षा प्रणालीले युवालाई उद्यमी बन्न भन्दा विदेश पलायनमा प्रेरित गरिरहेको ठान्छन् गणेश । कक्षा १२ सकिनेबित्तिकै विदेशिने संस्कारले गर्दा मुलुकमा युवा पुस्ता नै नरहने हो कि भन्नेमा उनी चिन्तित छन् । ओझा भन्छन्, ‘उनीहरूलाई उद्यमी बनाउन सरकारले राम्रो गृहकार्य गर्न बाँकी छ।’ राज्यले उद्योगमैत्री वातावरण र सुरक्षा प्रदान गर्न नसकेकाले नेपालमा ’व्यावसायिक संस्कार’ विकास नभएको उनको भनाई छ।

    WhatsApp Image 2026-01-26 at 10.28.30 AM.jpeg
    उद्यमी गणेश ओझा

    उद्यमी बन्न चाहनेका लागि गणेश ओझा राम्रा प्रेरणा हुन्। युवाहरूलाई देशमै उद्यम गर्न प्रेरित गर्दै उनी सुझाव दिन्छन्, ‘६ महिना भिसा कुरेर बस्नुभन्दा एउटा काठको टुक्रालाई आकार दिए बरू उद्यमी बनिन्छ। एउटै काममा निरन्तर लाग्ने हो भने सफल उद्यमी बन्न बेर लाग्दैन।’

    आफूले भोग्नु परेको अन्योलता र मार्गनिर्देशकको अभाव नयाँ पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ । ‘यसैले म सधैँ युवामाझै रहन्छु’ उनी बताउँछन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij