Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

मतदाताले चाहेको नेतृत्व कस्तो ?

मतदाताले चाहेको नेतृत्व कस्तो ?

मंगलबार, पुस २२ २०८२
मंगलबार, पुस २२ २०८२
  • काठमाडौं। देशमा निर्वाचनको माहोल बनिसकेको छ। निर्वाचन हुनेमा शङ्का उब्जिरहेका बेला अब नागरिकमा यो माहोलले उत्साह थपिएको छ। यसपालिको निर्वाचन विशेष पनि हुनेवाला छ। ०८४ मा हुने भनिएको निर्वाचन जेनजी आन्दोलनले उल्टाइदियो र यो दुई वर्ष अघि नै हुँदैछ।

    images

    निर्वाचनमा होमिन सबै दलले सक्रियता देखाएका छन्। रबी, बालेन र कुलमान मिल्नुपर्छ भन्ने जनअपेक्षा पूरा भएको छ। यता अरू दलहरू पनि गठबन्धन गरेर अगाडि बढेका छन्।

    नेतृत्वमा युवा आउनुपर्ने जनअपेक्षा पछिल्लो निर्वाचन र जेनजी आन्दोलनले झन् बढेको देखिन्छ। अबको निर्वाचनमा कस्तो जनप्रतिनिधि आउँछन् ? यो निकै चासोको विषय छ।

    भक्सपप नेपालले निर्वाचनमा युवा नेतृत्व भन्ने नाराका साथ विशेष भक्सपप लिन सुरु गरेको छ। पहिलो शृङ्खलामा हामीले नागरिकलाई सोधेका छौँ- अबको निर्वाचनमा कस्तो नेतृत्व चाहनुहुन्छ ? यसैमा केन्द्रित रहेर ‘निर्वाचनमा मतदाताले खोजेको नेतृत्व’ विषयमा भक्सपप नेपालका रसिला र भुवनले छोटो कुराकानी पनि गरेका छन्। हेर्नुहोस् यो निर्वाचन विशेष भक्सपप!

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij