काठमाडौं। खेलकुद प्रत्येक व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यका लागि अपरिहार्य छ। यसले व्यक्तित्वलाई सधैँ ऊर्जाशील र गतिशील बनाइराख्छ। अझ शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तित्व सशक्तीकरणका लागि त खेलकुदले थप महत्वपूर्ण टेवा पुर्याउँछ।
यसै तथ्यलाई मध्यनजर गर्दै, नेत्रहीन क्रिकेट संघ (क्याब) ले दृष्टिविहीन व्यक्तिहरूलाई क्रिकेट खेलमा अगाडि बढाउने लक्ष्यका साथ देशका विभिन्न विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरेको छ। यसरी शिक्षकले सिकेको सीपले नेत्रहीन क्रिकेट प्रवर्धनमा पनि सघाउ पुग्ने क्याबले बताएको छ। यस्तो प्रकृतिको प्रशिक्षणले आफ्नो सीप विकासमा सहयोग पुर्याएको सहभागीले बताएका छन्। साथै उनीहरूले आफुले सिकेको कुरा आफ्ना विद्यार्थीलाई पनि सिकाउने कुरा बताए।
नेपालले नेत्रहीन क्रिकेट मार्फत यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा विजेता र उपविजेताका ट्रफीहरू चुमिसकेको छ। यस्तो गौरवमय इतिहास बोकेको यस खेललाई नेपालमा थप विस्तार गर्न कस्ता चुनौती र सम्भावनाहरू छन्? यिनै विषय समेटेर हामीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस्;


