Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

अपाङ्गतामैत्री फुटपाथ व्यवस्थापनको लागि प्रदर्शनी कार्यक्रम सम्पन्न

अपाङ्गतामैत्री फुटपाथ व्यवस्थापनको लागि प्रदर्शनी कार्यक्रम सम्पन्न

शुक्रबार, मंसिर १९ २०८२
शुक्रबार, मंसिर १९ २०८२
  • काठमाडौं। अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापनसम्बन्धी प्रदर्शनी कार्यक्रम हेटौंडामा सम्पन्न गरिएको छ।

    images

    अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित, सहज र स्वतन्त्र आवागमन सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजित यस प्रदर्शनीमार्फत शहरका फुटपाथ, क्रसिङ, बसपार्क, सरकारी कार्यालय परिसर तथा स्वास्थ्य संस्थाहरूको वरपरका मार्गहरूमा अपाङ्गता मैत्री पूर्वाधार कसरी व्यवहारिक रूपमा निर्माण तथा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अवलोकन गराइयो। प्रदर्शनीमा र्याम्पयुक्त प्रवेशद्वार, समतल तथा अवरोध–रहित मार्ग, ह्वीलचेयर पहुँचयोग्य फुटपाथ लगायतका संरचना कसरी डिजाइन, निर्माण र व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा सरोकारवाला निकायहरू, सरकारी कर्मचारी, प्राविधिक तथा सर्वसाधारणलाई स्पष्ट जानकारी दिइएको थियो।

    यस अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्षले शहरका सडक, फुटपाथ र सार्वजनिक पूर्वाधार सबैका लागि पहुँचयोग्य हुनु नै समावेशी समाज निर्माणको आधार हो। आजको प्रदर्शनले स्थानीय तहहरू लगायत सम्पुर्ण सरोकारवाला निकायहरूलाई व्यवहारिक रूपमा मार्गदर्शन गर्नेछ भन्ने विश्वस व्यक्त गर्नुभएको थियो। 

    त्यस्तै सामाजिक विकास मन्त्रालयका नि. सचिव अमृत अधिकारीले शहरी पूर्वाधार निर्माण अब ‘अपाङ्गता मैत्री’ अवधारणालाई अनिवार्य रूपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस्तो कार्यक्रमले वास्तविक आवश्यकताबारे नीतिनिर्मातालाई थप स्पष्टता प्रदान गरेको बताउनु भएको थियो। कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij