Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

योमरी पुन्ही

योमरीको कथा

योमरीको कथा

बिहीबार , मंसिर १८ २०८२
बिहीबार , मंसिर १८ २०८२
  • काठमाडौं। पहिले-पहिले विशेषगरी भक्तपुर क्षेत्रमा गाउने गरेको एक प्रचलित गीत छ-

    images

    'यःमरि च्वामु, उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी’

    यो नेवारी गीतको अर्थ हो- चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ 

    यो योमरी पुन्हीको विशेष गीत हो भनिन्छ । गीत किशोरावस्थाको प्रेमसम्बन्धसँग जोडिएको छ । योमरी नेवारी समुदायको सम्बृद्धसंग पनि जोडिएको छ ! प्रेम, समृद्धि, मौलिकता, स्वास्थ्य र समुदायको एकताको प्रतीक योमरीको नेवारी समुदायको विशेष परिकार हो।

    सेतो र मसिनो चामलको पीठो, मुछ्दै बसेका हातहरू, चाकु र खुवा को मीठो बास्ना, नेवारी महिलाहरूको रमाइलो यिनै दृश्यभित्र जन्मिन्छ योमरी। योमरीको ठ्याक्कै अर्थ मीठो रोटी हो ! यसको उत्पत्ति कहाबाट भयो ? कसरी भयो ? भन्ने प्रश्नको जवाफ थरिथरिका छन् ! तर नेवारी समुदायको यो मीठो परिकार अचेल सबैले मन पराउन थालेका छन् !

    योमरी पुन्हीको सांस्कृतिक अर्थ, इतिहास, प्रतीकात्मकता र आजको सन्दर्भमा यसको महत्वबारे संस्कृतिविद् पदम श्रेष्ठसँग कुराकानी सुन्नुहोस्;

     

    योमरीको आकारको पनि विशेष अर्थ छ । चामलको पीठोको डल्लाभित्र चाकु, तिल, गुँदपाक, मासु वा खुवा भरि त्रिभुज वा गोलाकार आकारमा बनाइन्छ, जहाँ त्रिभुजलाई बुद्धि र सरस्वतीको प्रतीक पनि मानिन्छ।  कसैले यसलाई कुवेरको प्रतिक मान्छन् भने कसैले गणेशको प्रतीक पनि। यो अर्थले योमरीको धार्मिक महत्व पनि निकै उँचो छ ।

    नेवारी समुदायमा खुशी, उत्सव अर्थात शुभकार्यमा योमरी बनाएर खाने प्रचलन छ ! जन्मदिनमा बच्चाको उमेरअनुसार योमरीको माला लगाइदिने परम्परा छ। विभिन्न पूजाआजामा, देवी–देवताका मन्दिरमा चढाउन, छोरीचेलीलाई निम्त्याई भोज खुवाउन, तथा गुठीका पालो साट्न पनि योमरीले महत्वपूर्ण स्थान पाएको छ। यस्तै खेतबाट धानबाली भित्र्याएपछी नयाँ धानको चामल खानुभन्दा पहिले योमरी बनाएर आफ्नो कुलदेवतालाई चढाउने नेवारी परम्पराले योमरीको संस्कृतिक महत्व पनि झल्काउछ !

    नेवारी समुदायमा योमरीको बिशेष चाड नै छ ! योमरी पुन्ही अर्थात मंसिर पूर्णिमाको उज्यालोमा नेवाः समुदायमा घर–घरमा योमरी बनाइन्छ ! वाफ र सुगन्धसंगै परिवारको समृद्धि र परिवारको एकताको कामना गर्ने मङ्सिर पुर्णिमाले नेवारी पहिचान झल्काउछ ! तर यसको ठ्याक्कै शुरुवात कहिलेदेखि भयो ? यसको पनि एउटा उत्तर छैन ! योमरीको प्रचलन छैटौँ शताब्दी, अंशुवर्माको पालादेखि सुरु भएको पनि मानिन्छ। केही कथन अनुसार यसको सुरुवात पनौतीका सुचन्द्र–कृता दम्पतीले नयाँ धानको पीठो र चाकु मिसाएर बनाएको परिकार गाउँलेलाई बाँडेपछि भएको हो पनि भन्छन !

    सिंगो समुदायको पहिचान बोकेको योमरी अब साँघुरा नेवारी गल्लीहरूमा सिमित छैन ! यसको कथा, यसको सुगन्ध र स्वाद अन्य समुदायले पनि मन पराउन थालेका छन् ! बुझ्न थालेका छन् र खोज्न थालेका छन् ! पछिला वर्षमा स्थानीय खानाको खोजीमा आउने पर्यटकहरूल योमरी स्वादमा रमाउन थालेका छन् ! फलस्वरूप नेपाल सरकारले पनि ‘यःमरीलाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ । सांस्कृतिक, धार्मिक, सामाजिक र वैज्ञानिक महत्व बोकेको, नेवारी पहिचानको जीवित प्रतीक योमरीलाई अब स्थानीय समुदायको आर्थिक उन्नतीसँग जोड्ने पो हो कि?

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij