Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बुढ्यौली उमेरको 'युवा' उद्यम !

बुढ्यौली उमेरको 'युवा' उद्यम !

बिहीबार , मंसिर ११ २०८२
बिहीबार , मंसिर ११ २०८२
  • पोखरा । 'खाली बसेपछि त दिमागै बिग्रिने रहेछ नि !'

    images

    यो भनाइ पोखरा महानगरपालिका वडा नम्बर १५ की  ६३ वर्षीया मनकुमारी मरासिनीको हो ।  जसले बुढ्यौली उमेर आराम गर्ने समय हो भन्ने भाष्यलाई भत्काइदिएकी छिन् । पोखरा महानगरपालिका स्थित आफ्नै घरको भुइँतलामा, मनकुमारी धागो र डिजाइनका बिचमा व्यस्त रहन्छिन्। पसलभरि र्‍याकमा झुण्डिएका स्विटर, मोजा, पन्जाका  बीचमा व्यस्त मनकुमारीको हात निरन्तर चलिरहन्छ । उनलाई भ्याइ नभ्याइ छ । तर उनलाई त्यो काम केही अप्ठेरो  लाग्दैन । मनकुमारी हाँस्दै भन्छिन्, 'मेरो लागि त सबैभन्दा रमाइलो समय हो।'

    ...

    ६३ वर्षको उमेरमा पनि उनी दिनभर वर्किङ्ग मुड’मै हुन्छिन्। उनी अचेल  सामाजिक सञ्जालमा पनि सक्रिय छिन्  त्यही सक्रियतासँगै उनले आफ्नो ब्यापार पनि प्रबर्द्धन गर्छिन्  अनि कहिलेकाहीँ अनलाइन पनि अर्डर आउने गरेको उनी बताउँछिन् त्यसरी अनलाइनमा आएको अर्डरको डेलिभरी पनि उनी सकेसम्म आफै गर्छिन् । करिब ३ वर्षअघि मात्रै स्कुटीको लाइसेन्स निकालेकी मनकुमारी स्कुटी स्टार्ट गरेर आफैँ सामान पुर्याउन हिँडिरहन्छिन्  । आफ्ना वृद्ध श्रीमान्, छोरा बुहारी संगै बसे पनि मनकुमारी सकेसम्म अरुको सहयोग लिन चाहदिनन् ।  उनी भन्छिन्, 'आफ्ना शरीर चलेसम्म अरूको सहयोग लिनुहुन्न ।'

    ...

    वि.सं. २०५१ मा तनहुँ दमौलीमा घरेलु उद्यमको प्रशिक्षण लिएपछि मनकुमारी धागोको  बुनाइसँगै गाँसिइन्। जागिरे श्रीमानको साथी बनेर दमौली रहँदा मनकुमारीले  १७ वर्षसम्म फेन्सी पसल चलाइन्  श्रीमान् रिटायर्ड भएपछि र छोराछोरी विदेशिएपछि उनी पोखरा सरेकी हुन्   पोखरा फिरेपछी उनले तनहुँमा सिकेको सीपलाई पुनर्जीवित गरिन्।

    'सिकेको सीपले कमाईका लागि कसैलाई हेर्नु परेन,' उनी गर्वले भन्छिन्। यो कामबाट मनकुमारी वार्षिक ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म कमाउँने गरेको बताउँछिन्। मनकुमारीको जीवन शैली निकै फुर्तिलो छ  उनी बिहानै योग-ध्यान गर्छिन्  । पोखरा नउठ्दै खुल्ने उनका आँखामा हरेक बिहानको आत्मविश्वास छ । 'पहिले बढेको प्रेसर र सुगर अहिले आधा कम भयो,' उनी ढुक्कका साथ भन्छिन्। उनी थप्छिन्, 'पहिलाको जाँतो-ढिकी चलाउने शारीरिक ऊर्जा, आजको जमानामा योगले पूरा गरिदिन्छ।'

    ...

    जीवनभर धेरै परिवर्तन देखेकी मनकुमारी अहिलेका समाजबारे बेला बेला घोत्लिन्छिन् । अनि उनलाई लाग्छ, 'समय फेरिँदो रैछ  मान्छे त खास उस्तै हुँदारहेछन् ।'

    मनकुमारीले बुहारी, श्रीमती र आमा बन्दा कयौं आफ्ना सपना मारेकी छिन् । तर उनी बितेको समयले सिकाएको जीवनप्रति गर्व गर्छिन्  भन्छिन्, 'अब धेरै जिम्मेवारीबाट मुक्त भैसकें ! जीवनको अन्तिम समयसम्म पनि हात चलिरहुन्  धागोहरूसंगै बाँकी जीवन बिताउन पाऊँ ।'  

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij