काठमाडौँ । काठमाडौंको फोहोर व्यवस्थापनमा शहरी विकास मन्त्री कुलमान घिसिङले सक्रियता देखाएका छन्।
भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगे । उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने प्रतिवद्धता पनि गरे। साथै, विगतमा भएको १८ बुँदे सहमतिमा कार्यान्वयन गर्न पनि जोड दिए।
के घिसिङ्को यो कदमले फोहोर व्यावस्थापनको विवाद सुल्झिएला ? बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्या किन बल्झिराख्छ ? आजको भक्सपपमा यिनै विषयमा हामीले नागरिकको प्रतिक्रिया लिएका छौँ।


