Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

फोहोरमाथि राजनीति, स्थानीयलाई सास्ती

फोहोरमाथि राजनीति, स्थानीयलाई सास्ती

आइतबार, कात्तिक १६ २०८२
आइतबार, कात्तिक १६ २०८२
  • काठमाडौँ । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झिएको छ । अहिले नुवाकोट बञ्चरेडाँडा जाने फोहरका गाडी स्थानीयले काठमाडौं नै फर्काउन थालेपछि फेरि समस्या बल्झिएको हो ।  यसको मुख्य जड नुवाकोट ककनीको ओखरपौवा र बञ्चरेडाँडाका स्थानीयको आवाजलाई वर्षौंदेखिको सरकारले गरेको बेवास्ता हो ।
    दशकौँदेखि सरकारले नुवाकोटमा फोहोर व्यवस्थापनका लागि व्यवस्थित प्रबन्ध नगरी पटकपटक अस्तव्यस्त तरिकाले फोहोर फाल्दै आएको छ । दुइ दशकसम्म ओरपौवामा थुपारिएको फोहार व्यवस्थापनका लागि बञ्चरेडाँडामा करोडौं लगनीमा ल्याण्डफिल साइट पनि बन्यो । तर, त्यहाँ पनि अव्यवस्थित तरिकाले  फोहर फालिन्छ र वरिपरीका गाउँ त्यही फोहोरको गन्धमा बस्न बाध्य छन् ।

    images

    स्थानीयहरूको जनस्वास्थ्य र वातावरण सुधारकालागि पछिल्लो पटक पनि सरकारले १८ बुँदे सहमति गरे । यद्यपि यस विषयमा कार्यान्वयन नगरी सरकारले स्थानीयलाई बारम्बार धोका दिएको स्थानीयहरूको गुनासो छ ।

    फोहोरलाई फाल्ने ठाउँ मात्र बनाएर स्थानीयको स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारको यही पुरानो प्रवृत्तिका कारण आज स्थानीयहरू, जसमा धुनिवेशीका विद्यार्थीहरू समेत छन्, फोहोरको गाडी रोक्न र सहमति पूर्ण कार्यान्वयन गर्न दबाब दिन बाध्य भएका हुन् । यो अब फोहोरको समस्या मात्र रहेन, यो सरकारको विश्वसनीयता र स्थानीयको अधिकार माथिको प्रश्न हो ।

    पहिला प्रयोग हुँदै आएको सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित भएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो । समयमै फोहरको व्यवस्थापन नहुँदा  यतिखेर काठमाडौँ र्दुघन्धित बनेको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij