Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

आन्दोलनपछि पनि सुरक्षित पर्यटन क्षेत्र

आन्दोलनपछि पनि सुरक्षित पर्यटन क्षेत्र

बुधबार, असोज ८ २०८२
बुधबार, असोज ८ २०८२
  • काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जीको आन्दोलनले देशका विभिन्न क्षेत्रमा हलचल ल्यायो। सुनामीझैँ आएको यो आन्दोलन २४ घण्टाभित्रै सामसुम भएर हरायो। तर यसको प्रभाव पर्यटन क्षेत्रमा भने अपेक्षा गरेजस्तो देखिएन।

    images

    नेपाल ट्रेकिङ एजेन्सी संघका अध्यक्ष सागर पाण्डे भन्छन्, “पहिलाका आन्दोलनले जस्तो असर गरेको थियो, यसपालिको आन्दोलनले त्यति ठूलो असर गरेको छैन। पर्यटन र पर्यटक दुवै क्षेत्रमा खासै नकारात्मक प्रभाव देखिएको छैन।”

    यद्यपि अहिले पर्यटक आगमनमा केही कमी देखिएको भए पनि अक्टोबर महिनाबाट फेरि संख्यामा वृद्धि हुने विश्वास गरिएको छ। नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन जरुरी छ। पाण्डे सुझाव दिन्छन् — यदि नेपाल ट्रेकिङ एजेन्सी संघले पत्रकारलाई परिचालन गरेर पर्यटकको वास्तविक गतिविधि विश्वसामु पुर्‍याउन सके, उनीहरूको विश्वास अझ प्रगाढ हुनेछ।

    विदेशी पाहुनाले नेपालको गोरेटोमा भरेका पाइला र उनीहरूको मुस्कान मिडियामार्फत बाहिर ल्याउन सकियो भने संसारलाई नेपाल अझ सुरक्षित र आकर्षक गन्तव्यका रूपमा देखाउन सकिन्छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij