Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘हिल्टन होटल दनदनी बलेको देख्दा चार दिन निदाइन’

‘हिल्टन होटल दनदनी बलेको देख्दा चार दिन निदाइन’

बुधबार, असोज १ २०८२
बुधबार, असोज १ २०८२
  • काठमाडौँ। नक्सालस्थित हिल्टन होटल छेउको घरमा बस्ने किरण श्रेष्ठको श्रीमानको मृत्युपछि  बल्ल बल्ल सम्हालिएको जीवन फेरि भदौ २३ देखि अस्तव्यस्त बनेको छ। उनको खानपिनप्रति रुचि र  आँखामा निन्द्रा हराएको छ। कारण हो, हिल्टन होटलमा लागेको भीषण आगलागी।

    images

    ‘जेन जी’ ले गरेको आन्दोलनकै बीचमा होटलमा ठूलो आगजनी भयो। त्यो क्षणमा किरण आफ्नै घरमा थिइन्। तर, आगोका लप्का र घना धुवाँ देख्दा उनलाई लाग्यो, अब आगोले उनको घरसमेत सकिने भयो। यही भयले उनलाई निरन्तर सतायो।

    चार दिनसम्म उनी निदाउन सकिनन्। डर, अनिश्चय र छट्पटीले  रातलाई अझ लामो बनाइदियो। क्षणभरमै हिल्टन होटलको आगोले उनको भोक मात्र होइन, निन्द्रासमेत खोसिदियो। 

    आग्लागीको समयमा  किरण श्रेष्ठको छोरा मन्जिल श्रेष्ठ छेउमै बसेर असहाय नजरले हेरिरहेका थिए। आगोको लप्का र धुवाँ फैलिँदै गर्दा, हेरेर बस्नुबाहेक उनीसँग विकल्प पनि  थिएन। उनी मात्र होइन, हिल्टन होटलका छिमेकी सबैको मुटु त्रासले थरथराइरहेको थियो। 

    त्यो दिनको आगलागीले ल्याएको भय अझै ओझेल परेको छैन। बरु नयाँ चिन्ता थपिएको छ । अब हिल्टन होटल भत्काउने बेला के हुन्छ? त्यो क्षण कस्तो होला ? 

    घटना भएको एक हप्ता बितिसक्दा पनि छिमेकीहरूको मनमा शान्ति फर्किएको छैन। आगोको रात सम्झिँदा अझै उनीहरूको आँखामा डर, कानमा गुन्जाइरहेको छ धुवाँ र भीषण आगलागीको आवाज।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij