Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

६५ वर्षकी शान्तादेवीको जोश: छोराछोरीको होस्टेमा हैंसे गरौं

६५ वर्षकी शान्तादेवीको जोश: छोराछोरीको होस्टेमा हैंसे गरौं

आइतबार, भदौ २९ २०८२
आइतबार, भदौ २९ २०८२
  • काठमाडौं। नेपालमा जेनरेशन जी अर्थात् जेनजीको नेतृत्वमा भएको आन्दोलनले ल्याएको परिवर्तनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन्। यो खबरले देशमा पुनः आशाको सञ्चार भएको छ । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुने पक्का पक्की हुँदा हामी कागेश्वरी मनोहरास्थित मूलपानीको लक्ष्मी नारायण चोकमा थियौं । चोकको एक पसलमा हँसिलो अनुहारकी शान्तादेवी भेटिइन् । उनी कार्कीले देशको नेतृत्व गर्ने खबर हेर्दै खुशी भइरहेकी थिइन् ।   

    images


    'हामीसँग कुरा गर्नुहुन्छ त आमा ?' हाम्रो प्रश्न भुँइमा झर्न नपाउँदै उनी जोस्इिन्, 'किन नबोल्ने ?' शुरुमै शान्तिले जिस्किदै भनिन्, 'नरिसाउनु, यसो भनी नभन्नु है, अहिले सुशिला कार्की एकदम ठिक छिन् ।' ६५ वर्षकी शान्तादेवीले जेनजीहरूको साहसलाई सम्मान गर्दै भनिन्, ‘हामी जनता एकजुट भयौँ भने जे पनि सम्भव हुन्छ।’ यो परिवर्तनका लागि स्कूलका विद्यार्थीले ज्यान गुमाउनु परेकोमा शान्तादेवी पनि साह्रै दुःखी छिन् । तर उनमा परिवर्तनको दृढता अझै बलियो बनेको छ ।  ‘हामीले अब पुराना पार्टीहरूलाई फेरि आउन दिनु हुँदैन।’ उनले भनिन्, 'नेपाल गरीब देश होइन, धनी देश हो, तर भ्रष्टाचार रोक्न सक्नुपर्छ।’

    राजनीतिप्रति गहिरो चासो राख्ने शान्तादेवीले लामो समय नेकपा एमालेको सदस्यका रूपमा काम गरिन् । उनकैअनुसार  मदन भण्डारीसँग काम गरिन् । तत्कालीन चुनावमा एमाले जिताउन लागिपरिन् ।  एमालेले अहिलेसम्म  बोकेको जनताको बहुदलीय जनवादका कयौं कुरा उनलाई कण्ठै छन् । तर, पार्टीभित्रको विकृतिले उनलाई निराश बनायो त्यहि निराशाले उनलाई राजनीति नै त्याग्ने  निर्णय गरायो ।

    जीवन आरोह अवरोहका क्रममा उनले एकताका सानो थिमीमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा जागिर खाइन्। सोही कार्यालयमा  पञ्चायतकालमा एस. एल.सी.को उत्तरपुस्तिका जाँचेको अनुभव पनि उनीसँग छ । अहिले भने उनी पूर्ण रुपमा गृहिणी हुन् । 

    बाल्यकालदेखि नै परिवारमा राजनीतिक माहोल देख्दै आएकी शान्तादेवीको राजनीतिक चेत चाहिं गज्जबको छ ।  पार्टीको सक्रिय सदस्य नभए पनि शान्तादेवीको राजनीति र  समाजप्रतिको रुचि कति पनि घटेको छैन । अहिले उनी १९१० सालको मुलुकी ऐनको अध्ययन गर्दैछिन्।  ऐनको उत्पत्तिबारे हाँस्दै उनले भनिन्, ‘कानुन त जंगबहादुरले बेलायतबाट पो ल्याएका रहेछन्। कहाँ यहाँ बनाएको रहेछ र ?’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij