Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बुवा गुमनाम, आमाको भरथेग

बुवा गुमनाम, आमाको भरथेग

सोमबार, भदौ १६ २०८२
सोमबार, भदौ १६ २०८२
  • काठमाडौँ । उमेरले ३२ वसन्त पार गरेकी रेखा पाठक आज आफ्नी आमाको सहारा बनेर बाँचिरहेकी छिन् । उनका दिनहरू रोग, संघर्ष र सम्झनाका चिरा–चिरा टुक्राभित्र थुनिएका छन् । जीवनले सजिलो र गाह्रो दुवै क्षण देखाएको छ उनलाई । सजिलो यसकारण कि उनकी आमाले उनलाई निरन्तर अँगालोमा राखेर, दुःखसहित पनि मुस्कान भरेर हुर्काइन् । तर गाह्रो यसकारण कि समाजको आरोप र अपमान उनले मात्र होइन उनको आमाले समेत सहनुपर्यो। 
    दाजुभाइले आफ्नी आमालाई लक्षित गर्दै गरेका कटाक्ष ‘पैसाको लागि आमा पाल्छेस्’ भन्ने वाक्य रेखाको कानमा बारम्बार गुञ्जिरहन्छन् ।  रेखा र आमालाई एकैपटक रोगले सताएपछि त झन् मानिसको नजर नै बद्लिएको छ ।

    images

    बुवाको मायाको कमी उनले सानैदेखि महसुस गरिन् तर आमाले कहिल्यै त्यो अभाव खट्किन दिईनन् । तर जब आमा नै बिरामी भइन् तब बुवाको अनुपस्थितिले उनको जीवनलाई अझै खाली–खाली बनाइदियो ।  आफू अस्वस्थ हुँदाहुँदै पनि रेखाले आमा हेर्ने जिम्मेवारी कहिल्यै छोडिनन् । तर संसारले त्यसैबेला उनको कमजोरीलाई आफ्नो फाइदाको लागि प्रयोग ग¥यो । उनीहरूको घरमा मानिसको कुदृष्टि प¥यो, घरसमेत बेच्नुर्पयो । त्यसबाट आएको पैसा समेत बुवाले खोसेर लगे । रेखाको मनमा  ‘म आमालाई पाल्छु, केही गर्छु ।’ भन्ने सपना पलाएको थियो, तर उनी स्वंय रोगको जालोमा परेपछि त्यो सपना अधूरै रह्यो । 


    रेखाको बुवासँगको सम्बन्ध कहिल्यै सुमधुर भएन ।  उनलाई अझै पनि याद छ, सानैमा बुवाले गुडिया किनिदिने बहानामा बजार घुमाएर अन्त्यमा माछापोखरीको भीडमा बाटो काट्ने बेलामा उनको हात छोडिदिएका थिए । तर भाग्यवस उनको हजुरआमाले उनको हात समाईन् । तर त्यसपछि पनि बुवासंग तीतो अनुभव उनले संगालिन् । आठ वर्ष नपुग्दा नपुग्दै उनलाई बुवाले ‘तँलाई रुखमा झुन्ड्याएर काट्छु’ समेत भने ।  ती सम्झनाहरू आज पनि उनको आत्मामा घाउजस्तै बनेर दुखिरहन्छन् । रेखालाई सपना भन्दा पनि आवश्यकताले बढी थिच्न थालेको छ । उनी भन्छिन् ‘बुवालाई माया गर्नु नै मेरो गल्ती भयो ।’
    अहिले उनी आमासहित रोगसँग जुध्दै, बाटोमा डो¥याउँदै, बाँच्नकै लागि संघर्षरत छिन् । आफैं कमजोर शरीर लिएर पनि आमालाई अँगाल्दै बाँच्न चाहने उनको दृढताले जो कोहीको मन छुन्छ । आफ्नो अधिकारका लागि बुवासँग लड्न तयार भएकी उनी समाजसँग भने अझै आर्थिक सहयोगको अपेक्षामा छिन् । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij