Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

उतिखेर लाग्थ्यो- 'राजा देख्न पाए स्वर्ग पुगिन्छ’

उतिखेर लाग्थ्यो- 'राजा देख्न पाए स्वर्ग पुगिन्छ’

भक्स पप नेपाल
शनिबार, साउन २४ २०८२
भक्स पप नेपाल
शनिबार, साउन २४ २०८२
  • काठमाडौं । ५५ वर्षीय राजकुमार भट्टराईलाई हामीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय छेऊको मन्दिरमा भेट्यौं । 

    images

    हँसिलो र आत्मविश्वासले भरिएको अनुहार उनको विशेषता हो । आफ्ना कुरालाई सहज र संयमित भएर सुनाउन सक्नु उनको अर्को खुबी हो ।

    राजकुमारको पुर्ख्यौली घर रसुवा जिल्ला हो। वि सं २०२८ माघ २९ गते उनी त्यहिँ जन्मे । तर लामो समय उनी आफ्नो जन्मथलो बस्न पाएनन् । राजकुमार भन्छन्, रसुवामै बसेर हाम्रो शिक्षादिक्षा सम्भव नहुने, पालन पोषण नपुग्ने देखेपछि २०३२ मा हामी हेटौँडा आयौँ । जम्मा छ वर्षको थिएँ त्यतिबेला । मेरो शिक्षारम्भ हेटौडाबाटै भयो’ अगाडि थप्छन्, पढाईको सुरुवात आफ्नै बुबाले स्थापना गरेको स्कुलबाट भयो मेरो। बुबाले ०३६ सालमा स्थापना गरेको स्कुलमा पढेको हुँ ।’

    भट्टराईका बुबा एक सचेत ब्रिटिश आर्मी थिए, जो बुबा ब्रिटिसहरुको सामिप्यताले शिक्षित भए । त्यसपछि उहाँ हेटौडा, चितवन र गोरखा जहाँ जहाँ बसाई सराई गर्नुपर्यो। यसरी जहाँ जहाँ गए, स्कुल पनि फेरेर पढ्नुभयो। 

    उनी स्कुले जीवनका कुरा यसरी सम्झिन्छन्, ‘मैले दश कक्षा सम्म पढेको छु । मेरो विद्यालय जीवन रसपूर्ण बित्यो। विद्यार्थीमा अनुशासन थियो । साथीहरुमा समावेशीता थियो । 

    २६ वर्षदेखि काठमाडौं पानीपोखरीमा गाडीका रबरजन्य तथा अन्य सामग्रीकि व्यापार गर्दै आएका छन् । पाँच भाई मध्ये कान्छो, दिदी बहिनी चारजना  ।

    २ छोराका अभिभावक राजकुमार भन्छन् ।

    ‘मलाई मेरो जन्मभूमको धेरै माया लाग्छ ।’

    कुराकानीका क्रममा उनी २०४६ सालमा राजा एक रंगशालामा आएको कुरा सम्झन्छन् । 

    २०४२ गौरिटार रंगशालामा‌ पहिलोपल्ट राजा देख्दा उनी १८ वर्षका मात्रै थिए । ‘त्यतिखेर राजालाई हेर्न पाए पनि स्वर्ग पुगिन्छ जस्तो लाग्थ्यो।’ 

    बिहेका किस्सादेखी राजालाई सम्झेका रोचक पक्ष समेटिएको राजकुमारको कुराकानी सुनेर हामीलाई अवश्य प्रतिक्रिया दिनुहोला । 

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij