Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

कडा नियम बनाई अनुचित लाभ लिन 'सरकार नै सक्रिय'

कडा नियम बनाई अनुचित लाभ लिन 'सरकार नै सक्रिय'

आइतबार, साउन १८ २०८२
आइतबार, साउन १८ २०८२
  • काठमाडौं । गत जुलाई ३० मा  अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सफलतापूर्वक मनायौं । यद्यपि नेपालमा मानव तस्करीका घटनाहरु निर्मूल हुन नसक्दा यस्ता दिवसहरुको औचित्यमाथि नै प्रश्न चिन्ह लाग्छ । बारम्बार सरकारकै संलग्नतामा एकातिर दिवस लक्षित कार्यक्रम हुन्छन् भने अर्को तर्फ भिजिट भिसाका नाममा र स्पेन काण्ड तथा विदेशका कार्यक्रममा सहभागी हुने नाममा यहाँका विचौलियाले मोटो रकम लिएर सरकारकै उच्च पदस्थ कर्मचारीको संलग्नतामा मानव तस्करी गरिरहेका छन् ।

    images

    यसै सन्दर्भमा लामो समयदेखि नेपालका विभिन्न जिल्लामा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको शुभ अवसरग्राम नेपालका कार्यक्रम व्यवस्थापक तथा अधिवक्ता विकास ढुंगानाका अनुसार सरकारले मानिसको गतिशिलतालाई सहज गर्नुको साटो जटिल बनाउन ल्याएको नियमका कारण नै मानव बेचविखनका घटनामा उल्लेख्य वृद्धि भएको हो।

    भक्सपप नेपालको कार्यक्रम अधिकारमा कुराकानी गर्दै अधिवक्ता ढुंगाना, विदेश जान खोज्ने व्यक्तिलाई धेरै कागजात पुर्‍याउनुपर्ने बाध्यताले उनीहरु चोरबाटो भएर जान खोज्नु नै मानव बेचविखन हुनुको मुख्य कारण भएको बताउँछन् ।

    उनले भने, 'संरक्षणको नाममा सरकारबाटै जटिल परिस्थितिको सिर्जना भयो । भोलीका दिन सेटिङ गर्न सहज बनोस भन्नै खातिर सरकारबाट जटिल नियम बनाएर गतिशिलता रोक्ने प्रयास भयो । मानव बेचखिवखनमा बिचौलिया त छँदैछन् यो कार्यमा राज्यको संयन्त्र नै सक्रिय हुनु चाहिँ बिडम्बना नै हो ।' थप हेरौं, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव तस्करी निर्मूल पार्नेतर्फ नेपालको पछिल्लो गतिविधिका बारेमा अधिवक्ता विकास ढुंगानासंग गरिएको को कुराकानी । यो कुराकानी हेरेर हामीलाई सुझाव दिन नभुल्नुहोला । 


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij