Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

श्रमिक संघर्षका योद्धा कुमार सापकोटा

श्रमिक संघर्षका योद्धा कुमार सापकोटा

सोमबार, चैत ११ २०८१
सोमबार, चैत ११ २०८१
  • काठमाडौँको एक व्यस्त बजार बागबजारको पल्लो छेउमा भक्तपुर बसपार्क छ। भक्तपुर बसपार्कको छेउैबाट एउटा सानो गल्ली छ। सोही सानो गल्लीबाट बागबजारको पुरानो बस्तीमा छिर्न सकिन्छ। मुख्य सडकबाट करिब २०० मिटरभित्र पुग्दा साइकल डोर्याउँदै गरेको अवस्थामा भेटिए कुमार सापकोटा !
     
    विभिन्न सार्वजनिक मञ्चमा आफ्नो  बर्गको अधिकारको वकालत निरन्तर गरिरहने कुमार सापकोटालाई त्यसरी भेट्दा हामीलाई केही कुरा गर्न मन लाग्यो। कुमार पनि राजी भएपछि हामीले कुरा खोतल्यौ । 

    images

    कुरा खोतल्दै जाँदा कुमारको बस्ने डेरा त्यहीँ गल्लीमा रहेछ । एउटा पुरानो घरको भुइतलाको अँध्यारो सानो कोठा १ कोठाभित्र दुइटा सानो खाट र किचेन र्याक छ । उक्त कोठामा कुमार छोरीसङ्गै  बस्दा रहेछन्। 

    त्यहाभित्र पुग्दा बाहिरबाट देखिने कुमारको आवरण र उनको नीजी जीवनको वास्तविकता पत्ता लगाउन समय लाग्दैन । 
    काभ्रेको पनौतीमा जन्मेर हुर्केका कुमारले जीवनको अधिकान्श समय श्रमिक आन्दोलनमा बिताए । २०४२ सालमा एसएलसी दिएपछी अवसर खोज्दै काठमाडौ छिरेका कुमारसङ्ग  भौतिक दुस्खको हिसाब किताब नै छैन । 

    काठमाडौ आउदा कुमार एउटा उद्योगमा काम गर्न थाले ।  आमाबुवाको एक्लो छोरो आम्दानी गर्ने र घर चलाउने सपना देखेका कुमारको मनमा आफ्नै साथीभाइमाथि भएको ब्यवहारले बिद्रोहको बिजारोपण भयो । पछि गए उनी प्रहरी प्रशासनको निसाना बन्न थाले ।  विभिन्न श्रमिक आन्दोलनका क्रममा उनी कतिपटक प्रहरीको हिरासतमा परे त्यो उनी आफै पनि बिर्सिसकेका छन्।

    भनिन्छ नि सधैं अरूलाई उज्यालो दिने मैनबत्ति आफू चाहिँ अध्यारोमै हुन्छ । ठिक त्यस्तै, कुमारले श्रमिक बर्गको आन्दोलनमा जीवन नै अर्पण गरेका छन् । श्रमिक आन्दोलनको ४० बर्षका दौरान  श्रीमतीको साथ उस्तै निरन्तर थियो । आन्दोलनमै रहदा आफ्ना सन्तानको लालन पालन र पढाइमा उनले खासै ध्यान दिन सकेनन् । अनि श्रीमती पनि लामो समय पेटसम्बन्धी बिरामी परिन् । तर कुमारले शुरूमा खासै ध्यान दिन सकेनन् । जब अस्पताल लगियो निकै ढिलो भैसकेको थियो । श्रीमतीलाई घातक क्यान्सर लागेको थाहा पाएपछि कुमार समय दिन नसकेकोमा निकै पछुताए । कुमारले ठूलो रकम रिन गरेर करिब दुई बर्ष श्रीमततीको पेट भित्र भएको क्यान्सरको उपचार गरे । अन्ततः क्यान्सरले श्रीमतीलाई लग्यो । त्यसपछि कुमार एक्लिए । 

    श्रमिक आन्दोलनमा दौरान बिश्वास र उत्साह बोकेर राजनीतिक दलमा पनि आबद्ध भए । शुरूवातमा नेकपा मालेसङ्ग निकट रहेर श्रमिक आन्दोलनको नेतृत्व गरेका कुमार पछि गएर एमाले निकट ट्रेड युनियन जिफन्टमा आबद्ध भए । अहिले उनी स्वतन्त्र ढङ्गले आफ्नो बर्गको अधिकारका लागि बोलिरहेका छन् ।  आफू र आफ्नो बर्गलाई सक्दो प्रयोग गरेर छोडिदिने राजनीतिक दलहरूसङ्ग उनी निराश छन् ।

    पछिल्लो समय उनी सडकमा ब्यापार गरिरहेका निम्न बर्गीयको नेतृत्वमा छन् । ३० बर्षदेखी फुठपाथ्मै ब्यापार गरिरहेका कुमार आफैसङ्ग पनि आम्दानीको अर्को बिकल्प छैन । सरकारले फुटपाथमा ब्यापार गर्न नदिने नीति ल्याएपछी बैकल्पिक ब्यवस्थापनका लागि उनको पहल निरन्तर छ ।  तर सरकारले सडकबाट बिकल्पबिना हटाउदा अप्ठेरोमा पर्नेको पहिचान नै नगरी अन्दाधुन्ध काम गरिरहेको उनको बुझाइ छ । 

    कुमारको जीवनले ६० वटा दशक पार गरिसकेको छ । एकल जीवन बिताइरहेका कुमारमा उमेर र बिमारले त्यति स्फुर्ती छैन । फुटपाथमा गरिरहेको सानो ब्यापार पनि बन्द भएपछी आम्दानी शुन्य छ । उमेर र उर्जासङ्गै साथी भाइ र सरसहयोग पनि कमजोर बन्दै गएपछी उनी जीवनसङ्गिनी र आमाको झन धेरै याद गर्छन् । 

    अनि त्यही चिजले कुमारमा वर्गसंघर्षका लागि अलिकति उर्जा भरिदिन्छ । कुमारले अनि अठोट गर्छन्, जीवनको अन्तिम समयसम्म आफ्नो बर्गको अधिकारको लागि बोलिरहन्छु । 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij