Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तरकारीवाली फुलमाया (भिडियोसहित)

तरकारीवाली फुलमाया (भिडियोसहित)

तरकारीवाली फुलमाया (भिडियोसहित)

बिहीबार , फागुन १ २०८१
बिहीबार , फागुन १ २०८१
  • काठमाडौं ।अल्छीका आँखामा सदैभरि आँसु जाँगरिलाको हातमा माछा र मासु । इच्छाशक्ति भए अरूको भर पर्न नपर्ने रहेछ । नुवाकोट घर भई हाल काठमाडौंको बुढानीलकण्ठमा बसोबास गर्दै आएकी फुलमायाले अहिले मनग्य आम्दानी गर्दै आएकी छन् । सुरुमा काठमाडौं आएर ज्यामी काम गरेकी फुलमायाको जीवनले नयाँ मोड लियो । उनी भन्छिन् ‘ काठमाडौं आउनासाथ मैले ज्यामी काम पाए ।   
     
    इट्टा बोक्दा ढाडको छाला मरिसक्थ्यो तर कमाएको पैसाले खान पनि पुग्दैनथ्यो ’ काम गर्दै जाँदा जग्गा भाडामा लिन पाइने थाहा पाएपछि तरकारी खेती सुरु गरेको उनको भनाइ छ । तरकारी खेतीले उनको जीवन नै परिवर्तन गरिदियो । उनले आफ्ना छोरा छोरीलाई अध्ययन गराएर अहिले विवाह समेत गराइदिइन् । उनी भन्छिन् ‘पहिला आर्थिक अवस्था कमजोर थियो जीवन चलाउनै मुस्किल थियो, आफूले सोचे अनुसार केही गर्न सक्ने अवस्था थिएन, तर अहिले तरकारी खेतीमा लागेपछि न त काम माग्दै  कसैसँग हात जोड्नु परेको छ, न दुई छाँक खर्च टार्नलाई अरूको भर पर्नु परेको छ मेहनत गरेपछि फल पाइने रहेछ ’ ।   
     
    जाँगरिला र मिहिनेती व्यक्तिलाई कमाइ गर्न आफ्नै जग्गा नचाहिँदो रहेछ भनेर साथीहरूले भनेको सुन्दा उनी निकै रमाइलो मान्छिन् । तरकारी खेतीबाट कमाएको पैसाले ललितपुरको भैसेपाटीमा ६ आना जग्गा समेत जोड्न सफल भएकी छन् । अब उनको सपना आफ्नै घर बनाउने हो । छोरा र श्रीमानको साथपनि पाएकी छन् फुलमायाले । ‘छोराले पनि कतारमा दुख गरिरहेको छ अब नेपालै बोलाउँछु श्रीमानको साथ छदै छ छोरा आएपछि अझै व्यवसाय बढाउँछु ’ भाडामा लिएको जग्गामा उनले खुर्सानी, काउली, बन्दाकोपी, आलु, लसुन, गोलभेँडा लगायत मौसमी तरकारी लगाउने गरेकी छन् ।   
     
    उनले उत्पादन गरेको तरकारी काठमाडौंका विभिन्न बजारमा लगेर बेच्ने गरेको उनले सुनाइन् । व्यावसायिक तरकारी खेती गर्दा विगतमा धेरै समस्या भोग्नु परेको र बेलाबेलामा रोगका कारण लाखौँको लगानी गुमाउनु परेको तितो अनुभव पनि छ उनीसँग । तर अहिले उनले कृषि विज्ञहरूसँग समेत सल्लाह लिने गर्छिन् । 
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij