Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, पाँच प्रदेशमा हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, पाँच प्रदेशमा हिमपातको सम्भावना

भक्स पप नेपाल
आइतबार, माघ २७ २०८१
भक्स पप नेपाल
आइतबार, माघ २७ २०८१
  • काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु तथा कुहिरो लागेको छ । आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ । 

    images

    कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij