Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

पथलैयामा राजस्व चुहावटसम्बन्धी मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि

पथलैयामा राजस्व चुहावटसम्बन्धी मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि

भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
भक्स पप नेपाल
बिहीबार , माघ २४ २०८१
  • काठमाडौँ। पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरेको छ ।

    images

    कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए ।

    कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । साथै गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार बढी सङ्कलन भएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij