Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

किड्नी फेल देवरको उपचारमा खटेकी मुना

किड्नी फेल देवरको उपचारमा खटेकी मुना

आइतबार, माघ २० २०८१
आइतबार, माघ २० २०८१
  • करिब ५ महिना अघि लक्षणसिंह महराका खुट्टा सुन्निए, बोल्न असहज भयो । बैतडीको सुनर्या गाउँपालिका ४ बराइलबाट लक्षणलाई दाइ जीवनले धनगढी पुर्याए । बेहोस अवस्थामा रहेका लक्ष्मणको प्ररम्भिक जाँचका आधारमा दुइटै किडनी फेल भएको चिकित्सिकले सुनाए । लक्ष्मणको साथमा रहेका दाइ र आमा छाँगाबाट खसेजस्तै भए । 
    त्यो समय सम्झिदै लक्ष्मणका दाइ जीवन भन्छन्, 'भाइको आँखा खुल्लै थियो । मलाई डर लागिसकेको थियो । आमाले पनि आश मारिसकेको थियो । अस्पताल पुग्छ कि पुग्दैन भन्ने निकै सकस भयो ।'

    images


    निकै दुःखले काठमाडौं पुर्याएका लक्ष्मणलाई निरन्तर डाइलासिस गर्नुपर्नेभयो । त्यसपछि भाइलाई लिएर डेरामा बस्न थालेका जीवनले सुत्केरी श्रीमती पनि काठमाडौं बोलाए । सुत्केरी मुनाले त्यसपछि निरन्तर देवरको स्यार गरिरहेकी छिन् । उनका सामाजिक सञ्जाल हेर्दा कहिले देवरलाई बच्चाजस्तै फकाइरहेकी देखिन्छिन् भने कहिले देवरलाई ह्विलचेयर डोर्याइदै हिडिरहेकी हुन्छिन् ।

     ९ महिनाकी छोरीको समेत वेवास्ता गर्दै मुना देवरको ज्यान बचाउन हात जोडिरहेकी छिन् ।  यति मात्रै होइन, उनले देवरको उपचारका लागि आफ्नो जायजेथा सबै बन्धकी राखिसकेकी छिन् । बाँकी उपचारका लागि सहयोग पनि उठाइरहेकी छिन् । उनी भन्छिन्, 'म घरबाटबाट हिड्दा पशुपतिमा भिक मागेर पनि देवरबाबुलाई बचाउने कसम खाएर आएकी हुँ । उनको ज्यान बचाउन जे पनि गर्न तयार छु ।'

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij