Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रास्वपाका सांसदलाई तेस्रोपटक प्रशिक्षण

रास्वपाका सांसदलाई तेस्रोपटक प्रशिक्षण

बुधबार, साउन २७ २०८३
बुधबार, साउन २७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका प्रभावकारी बनाउन साउन २९ देखि ३१ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    ललितपुरको गोदावरीस्थित फरेस्टमा हुने प्रशिक्षणमा संसद्को गरिमा, भूमिका र पार्टीको नीतिअनुसार सांसदले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।

    उनका अनुसार यसअघि दुईपटक प्रशिक्षण कार्यक्रम आयोजना गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन तेस्रोपटक कार्यक्रम राखिएको हो। यसपटक सांसदहरूले व्यक्त गरेका सुझाव र उनीहरूको आवश्यकतालाई आधार बनाएर प्रशिक्षणको कार्यतालिका तय गरिनेछ।

    धितालले सांसदहरूको सिकाइ निरन्तर प्रक्रिया भएकाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक विषयमा प्रशिक्षण केन्द्रित हुने बताइन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij