Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

शुक्रबार, साउन ८ २०८३
शुक्रबार, साउन ८ २०८३
  • काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो। आदेशपछि उनलाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ।

    images

    अदालतले जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकबाट लिएको कर्जा उद्देश्यविपरीत प्रयोग भएको प्रारम्भिक आधार देखिएको निष्कर्ष निकालेको छ। आदेशअनुसार कम्पनीबाट जारी गरिएका चेकमा अग्रवाल हस्ताक्षरकर्ता रहेका उनको खातामार्फत सहअभियुक्त दीपक भट्टको खातामा रकम स्थानान्तरण भएको तथा उनले विभिन्न मितिमा चेकमार्फत रकम प्राप्त गरेको स्वीकार गरेको उल्लेख गरिएको छ।

    एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत प्राप्त चालु पुँजी तथा अल्पकालीन कर्जा योजनाबद्ध रूपमा अन्यत्र प्रयोग गरी सहअभियुक्त भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्समा सेयर लगानी गरिएको अदालतको प्रारम्भिक ठहर छ। अदालतले यसलाई बैंकिङ कर्जाको दुरुपयोगको आधार मानेको छ।

    यस्तै, शंकरलाल अग्रवाल र सुलभ अग्रवाल एउटै परिवारका सदस्य हुनुका साथै कम्पनीको खाता सञ्चालनमा समान भूमिका निर्वाह गरेको उल्लेख गर्दै खाता सञ्चालकका रूपमा कर्जा दुरुपयोगबारे आफूलाई जानकारी नभएको दाबी स्वीकार गर्न नसकिने अदालतको आदेशमा उल्लेख गरिएको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij