Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कैलालीमा च्याउ टिप्न गएका दुई जना महिलालाई बाढीले बगायो

कैलालीमा च्याउ टिप्न गएका दुई जना महिलालाई बाढीले बगायो

शुक्रबार, जेठ २९ २०८३
शुक्रबार, जेठ २९ २०८३
  • काठमाडौं। कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन्। शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको हो। कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बाढीमा बगेकी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको जानकारी दिए ।

    images

    उनका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका हुन्। उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

    दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता महिलाको खोजी भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij