Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

आइतबार, जेठ २४ २०८३
आइतबार, जेठ २४ २०८३
  •  

    गोरखा। राजनीतिमा प्रतिपक्ष दलहरूले केवल विरोध मात्रै गर्ने परिपाटीको अन्त्य हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वगृहमन्त्री सुधन गुरुङले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका राम्रा कामलाई प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

    images

    मुलुकको समृद्धिका लागि सबै दलहरू मिलेर अघि बढ्नुपर्ने औंल्याउँदै गुरुङले रास्वपा देश विकासकै एजेन्डा बोकेर आएको पार्टी भएको दाबी गरेका हुन्। उनी भन्छन्, ‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्‍यो, विरोध गरेर मात्र हुँदैन।’

    गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद रहेका गुरुङले निर्वाचनका क्रममा जनतासामु गरिएका बाचाहरू पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो जिम्मेवारीप्रति स्पष्ट रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘मैले गरेका बाचाहरू हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहनेछन्। गोरखाली जनताले मलाई फोटो खिच्न होइन, काम गर्न जिताएका हुन् भन्ने कुरा मैले राम्ररी बुझेको छु।’

    आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्याहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्न उनले चाँडै नै सचिवालय स्थापना गरेर काम अघि बढाउने जानकारी दिएका छन्। यसैगरी, जिल्लामा पर्याप्त बजेट नपरेको जनगुनासोबारे टिप्पणी गर्दै उनले राष्ट्रिय स्रोतको अवस्थालाई पनि बुझ्नुपर्ने धारणा राखेका छन्। उनी भन्छन्, ‘आफ्नो थाल कति छ भनेर हेर्दा, अरूको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्छ।’

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij