Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तोरीको तेल बजारबाट फिर्ता गर्न सरकारको आदेश

तोरीको तेल बजारबाट फिर्ता गर्न सरकारको आदेश

शुक्रबार, जेठ १५ २०८३
शुक्रबार, जेठ १५ २०८३
  • काठमाडौं। ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तर पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको स्वच्छता र गुणस्तरको मापदण्ड अनुसार नपाइएकाले सरकारले यस्तो कदम चालेको हो।

    images

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था बमोजिम रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित 'तेज' ब्रान्डको तोरीको तेलमा कैफियत भेटिएको हो। आयातित तोरीको गेडा प्रयोग गरेर उत्पादन गरिएको यस तेलको ब्याच नम्बर २० को नमुना प्रयोगशालामा परीक्षण गर्दा विश्लेषण गरिएका प्यारामिटरहरू मापदण्डविपरीत न्यूनस्तरको पाइएकाले बजारबाट हटाउन लागिएको हो।

    यस सम्बन्धमा सम्बन्धित निकायले ऐनको दफा ३८ को उपदफा (२) बमोजिम आदेश जारी गर्दै उक्त ब्याच नम्बरका सम्पूर्ण खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता लिन उत्पादक कम्पनीलाई कडा निर्देशन दिएको छ। साथै, सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादनको बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिने अधिकारीको निर्देशानुसार सम्बन्धित उत्पादकलाई सचेत गराइएको छ।

    कैफियत देखिएको उक्त तोरीको तेल २०८२ साल फागुन २८ गते उत्पादन भएको र यसको उपभोग्य अवधि ६ महिना रहेको सूचनामा उल्लेख छ। सरकारी आदेशमा उक्त ब्याच नम्बरको तेल बिक्री वितरण नगर्न भनिएकाले उपभोक्ताहरूलाई समेत यसप्रति सचेत रहन आग्रह गरिएको छ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij