Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कृषि मन्त्री चौधरीद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

कृषि मन्त्री चौधरीद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

शुक्रबार, वैशाख २५ २०८३
शुक्रबार, वैशाख २५ २०८३
  • काठमाडौं। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनुगमन गरेकी छन्। अनुगमनका क्रममा मन्त्री चौधरीले सीमा नाकाबाट भित्रिने तथा बाहिरबाट आयात हुने खाद्य पदार्थको चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिइन्।

    images

    WhatsApp Image 2026-05-08 at 11.43.10 AM (1).jpeg

    मन्त्री चौधरीले खाद्य पदार्थ प्रत्यक्ष रूपमा जनताको स्वास्थ्यसँग जोडिने अत्यन्त संवेदनशील विषय भएकाले यस क्षेत्रमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने स्पष्ट पारिन्। उनले खाद्य गुणस्तर, स्वच्छता र मापदण्डको कडाइका साथ पालना गर्दै जिम्मेवार र संवेदनशील भएर काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिइन्। साथै, राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा समेत निरन्तर अनुगमन गर्न आग्रह गरिन्। नियम तथा मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन, भण्डारण वा बिक्री–वितरण गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कारबाही गर्न पनि उनले बताइन्।

    WhatsApp Image 2026-05-08 at 11.43.09 AM.jpeg

    अनुगमनका क्रममा मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै प्रभावकारी निगरानी प्रणाली लागू गर्न, आयात–निर्यात हुने खाद्य सामग्रीको नियमित परीक्षण गर्न तथा गैरकानुनी गतिविधिमा संलग्नमाथि कडाइका साथ कारबाही गर्न जोड दिइन्।चौधरीले सरकार सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमार्फत जनस्वास्थ्य संरक्षण गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत उल्लेख गरिन्।

    WhatsApp Image 2026-05-08 at 11.43.10 AM.jpeg

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij