Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

'अब हामी आत्मनिर्भर बन्नेछौं'

'अब हामी आत्मनिर्भर बन्नेछौं'

मंगलबार, वैशाख १५ २०८३
मंगलबार, वैशाख १५ २०८३
  • काठमाडौं। नेपाल सरकारले हालै १०० रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सार महसुल लागू गर्ने र तरकारी एवं फलफूलमा कर लगाउने नीतिले आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ। यसै सन्दर्भमा आज हामीले काठमाडौं उपत्यकाका विभिन्न तरकारी बजारमा पुगेर नयाँ भन्सार नीति र यसले पारेको प्रभावबारे व्यवसायीहरूको अभिमत सङ्कलन गरेका छौँ। 

    images

    कुराकानीका क्रममा धेरैजसो उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तु र खाद्यान्नमा कर लगाउँदा आफूहरू मारमा परेको दुखेसो पोखेका छन्। विशेषगरी न्यून आय भएका र भाडामा बस्ने नागरिकहरूका लागि तरकारीको मूल्य सुन्दा पनि डराउनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ। 'खाने कुरामा त्यस्तो कर लगाउनु हुँदैन । कर नलगाए अलिकति सहुलियत पाइन्थ्यो कि भन्ने आशा थियो।' 

    सरकारको यो कदमले देशलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउनेमा केही नागरिकहरू विश्वस्त देखिन्छन्। आयातित सामान महँगो हुँदा आफ्नै देशमा खेतीपाती र उद्यम गर्ने प्रेरणा मिल्ने उनीहरूको बुझाइ छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा युवाहरू विदेश पलायन हुनु पर्दैन भन्छन् उनीहरू। 

    राजस्व वृद्धिको दृष्टिकोणबाट पनि यसलाई केहीले सकारात्मक रूपमा लिएका छन्। भन्सारबाट सङ्कलन हुने राजस्वलाई सरकारले कृषि प्रणालीको सुधार र किसानहरूलाई राहत दिन प्रयोग गर्नुपर्ने सुझाव उनीहरूको छ। 'भन्सार लगाउने कुरा सकारात्मक पनि छ, यसले राजस्व वृद्धि गर्छ। तर यहाँ हाम्रो आन्तरिक उत्पादन अझै अपर्याप्त छ, जसले गर्दा बजारमा सामान महँगो भई सर्वसाधारणलाई आर्थिक असहजता भएको छ।' 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij