Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

ढल व्यवस्थापनमा संलग्न सफाइकर्मीको बढ्यो व्यस्तता (फोटोफिचर)

ढल व्यवस्थापनमा संलग्न सफाइकर्मीको बढ्यो व्यस्तता (फोटोफिचर)

शुक्रबार, चैत १३ २०८२
शुक्रबार, चैत १३ २०८२
  • काठमाडौं। वर्षायाम सुरू भएसँगै ढल व्यवस्थापनमा संलग्न सफाइकर्मी तथा ढल व्यवस्थापकहरूको काम बढेको छ। विशेषगरी काठमाडौँ उपत्यका लगायतका ठूला सहरमा सेफ्टी ट्याङ्की सफाइको सिजन सुरु भएसँगै उनीहरूको व्यस्तता उल्लेखनीय रूपमा बढेको देखिन्छ।

    images

    यस क्षेत्रमा काम गर्ने अधिकांश श्रमिक गरिब, बेरोजगार तथा असहाय पृष्ठभूमिबाट आएका हुन्छन्। उनीहरूले आफ्नो श्रमको सम्मान हुनुपर्ने माग गर्दै आएका छन्। समाजमा अझै पनि यो पेशालाई तल्लो वर्गसँग जोडेर हेर्ने प्रवृत्ति कायम छ।

    वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) ले भने सफाइकर्मीहरूको हकहितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले उनीहरूको सुरक्षा, क्षमता अभिवृद्धि तथा आफ्ना समस्या व्यक्त गर्न सक्ने तालिमहरू प्रदान गर्दै आएको जनाएको छ।

    केही व्यक्तिहरू भने तीन दशकभन्दा बढी समयदेखि यही पेशामा सक्रिय छन्। दैनिक ज्यालादारीमा आधारित यो काममा पछिल्लो समय प्रतिस्पर्धा बढेको उनीहरूको भनाइ छ, जसले व्यवसायिकता प्रवर्द्धनमा केही सहयोग पुर्‍याएको छ।

    तर, सेफ्टी ट्याङ्कीबाट संकलन गरिएको फोहोर व्यवस्थापन तथा विसर्जन गर्ने उपयुक्त स्थानको अभाव अझै प्रमुख चुनौतीका रूपमा रहेको छ। साथै, काम गर्ने क्रममा विभिन्न ठाउँमा अपमान सहनुपर्नेसमेत उनीहरूको अनुभव छ।

    सफाइकर्मीहरूको काम निश्चित समयभित्र सीमित हुँदैन। उनीहरू कहिलेकाहीँ बिहानैदेखि काममा खटिन्छन् भने कतिपय अवस्थामा साँझ ढल्केपछि पनि सक्रिय रहनुपर्छ।

    समाजको नकारात्मक दृष्टिकोणका कारण धेरैजसो सफाइकर्मीहरू आफ्नो पहिचान लुकाउन बाध्य छन्। यस्तो अवस्थामा, सहरी सरसफाइसँग प्रत्यक्ष जोडिएको यो पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन राज्यको विशेष ध्यान आवश्यक देखिन्छ। साथै, यस क्षेत्रमा प्रविधिको विस्तार र व्यवस्थापन सुधार पनि अपरिहार्य रहेको सरोकारवालाहरू बताउँछन्।

    हेर्नुहोस् फोटोमाः

    WhatsApp Image 2026-03-27 at 7.08.07 PM (1).jpeg

    WhatsApp Image 2026-03-27 at 7.08.07 PM (2).jpeg

    WhatsApp Image 2026-03-27 at 7.08.08 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.08.09 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.08.36 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.01.10 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.03.56 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.08.38 PM.jpeg

    WhatsApp Image 2026-03-27 at 7.01.13 PM.jpeg

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij