Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

खुवा बोक्दा घिऊले लुगा भिज्थे

खुवा बोक्दा घिऊले लुगा भिज्थे

४० वर्षको एक दुग्ध यात्रा

मंगलबार, फागुन ५ २०८२
मंगलबार, फागुन ५ २०८२
  • हेटौंडा। समय बदलिएको छ। प्रविधि बढेको छ, रोजगारीका विकल्पहरू फराकिला भएका छन्, र धेरैले पुर्खौंदेखि गर्दै आएको पेशा परिवर्तन गरेका छन्। तर, हेटौंडा नजिकैको चुच्चेखोलामा एक महिला भने चार दशकदेखि दूधको मिठासमै आफ्नो जीवन गुजारिरहेकी छिन् । उनि हुन्, ७० वर्षीया इन्दिरा तिमल्सिना।

    images

    उनको जीवनको कथा दूध, खुवा र घिऊको बास्नासँग जोडिएको छ। संघर्षका पाइलाहरू र पसिनासँग मिसिएको मिठास उनको यात्राको पहिचान बनेको हो। 'पहिले यातायातको सुविधा अहिले जस्तो थिएन।' इन्दिरा सम्झिन्छिन्, 'त्यो बेला ललितपुरका विकट मानिने चन्दनपुर, गोटीखेल र गोदावरी जस्ता ठाउँबाट डोकोमा सामान बोकेर हिँड्नुपर्थ्यो। खुवा र मिठाईका परिकार बोकेर उकालो–ओरालो गर्दा डोकोभित्रको शुद्ध घिऊ पग्लिएर लगाएका लुगा भिज्थे ।'

    ललितपुरमै जन्मिएकी र हुर्किएकी इन्दिराको विवाह पनि त्यहीँ भयो। उनी बिबावा नगर्दैदेखी आफ्नी आमासंग खुवा घोट्ने गर्थिन् । १३ वर्षको उमेरमा विवाह भएर तिमिल्सिनाको बुहारी बनेकी इन्दिराले पछी पनि दुधसंगै खेल्न पाइन् .  कहिले खुवा बनाउने, कहिले मोही पार्ने, कहिले घिऊ तताउने उनको दैनिकी नै दुग्धजन्य परिकार वरिपरि घुम्थ्यो।

    पछि परिवार बसाइँ सरेर हेटौंडा पुग्यो  । नयाँ ठाउँ, नयाँ परिवेश तर पेशा भने उही। दूधसँगको उनको सम्बन्ध कहिल्यै टुटेन। आफ्ना श्रीमानसंगको सम्बन्ध लामो समय सुमधुर नरहेपछि उनले हेटौंडाको चुचेखोलामा एक्लै सन्तान हुर्काइन । त्यो समय पनि उनले भैंसी पालिन दुध उत्पादन गरिन् र बेचिन । छोराछोरी पढाइन हुर्काइन र बिवाह समेत गरिदिइन् । भनेजस्तो कमाइ नाभेपछी छोरो विदेश पठाइन । इन्दिराका छोरा १३ वर्ष विदेश बसेर आमाको खटन अनुसार नेपालमै बस्न राजी भए ।

    चुच्चेखोलामा अहिले तिमल्सिना परिवारको खुवा पसल चलिरहेको छ। इन्दिरा  उमेरले ७० नाघे पनि उत्साह घटेको छैन। छोरा–बुहारीसँग मिलेर उनी दैनिक एक सय लिटरभन्दा बढी दूध प्रशोधन गर्छिन्।

    पहिलेजस्तो भारी डोको बोकेर हिँड्न नसके पनि अनुभवको खानी भने अझै उनीसँगै छ। उनले आफूले सिकेको सिप छोराबुहारीलाई पनि सिकाएकी छिन्। 'यो हाम्रो पहिचान हो,' उनी भन्छिन्, 'मेहनत गरेपछि यसैबाट पनि घर चल्छ।'

    अहिले इन्दिराको दैनिकी केही फरक छ। बिहान दूध तताउने सुवास, दिउँसो पसलको चहलपहल र बेलुका नातिनातिनासँग बिताउने समय उनको जीवन सन्तुलित र सन्तुष्ट देखिन्छ। 'अहिले फर्केर हेर्दा ती दुःखका दिनहरू पनि रमाइला लाग्छन्,' उनी मुस्कुराउँदै भन्छिन्।

    खुवा बोक्दा घिऊले भिजेका ती लुगाहरू अहिले सम्झनामा मात्र छन्। तर ती भिजेका कपडाले लेखेको संघर्षको कथा भने अझै सजीव छ ।

     
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij