Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

आधिकारिकताको बहस

अब के होला ?

अब के होला ?

आइतबार, माघ ४ २०८२
आइतबार, माघ ४ २०८२
  • काठमाडौं। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता दिएसँगै विपक्षी शेरबहादुर देउवा लगायतका कार्यकर्ताहरू मुद्दा दायर गर्न सर्वोच्च अदालत पुगेका छन्। उनीहरू जसरी पनि काङ्ग्रेसको आधिकारिकता आफ्नो हातमा बनाउने दाउमा देखिन्छन्।

    images

    राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको यो विषयमा आम नागरिकले के सोचिराखेका छन् ? उनीहरूको विचार के छ ? आज हामीले बुझेका छौँ।

    हामीलाई प्राप्त विचारमा भिन्नता छ। यद्यपी गगनले आधिकारिकता पाउनुलाई धेरैले राम्रो मानेका छन्। उनीहरूले निर्वाचन आयोग जस्तो गरिमामय पदमा बसेका पदाधिकारीहरूले पक्षपात गर्नुहुँदैन भन्ने कुरामा आफूहरूलाई पूर्ण विश्वास रहेको बताए।

    राजनीतिक परिवर्तनका लागि दलका नेताको पनि राम्रो भूमिका हुने भन्दै यसका लागि गगन उपयुक्त पात्र रहेको जनमत छ। दल परिवर्तन भएर मात्र समाज परिवर्तन हुँदैन भन्ने उनीहरूको विचार छ।

    काङ्ग्रेसभित्रको यो घटनाले चुनाव नहुने चिन्ता पनि छ कतिपयको । तर कतिपयले यत्ति कुराले नै निर्वाचन नहुने भन्नेमा विश्वास छैन। साथै, नेपाली कांग्रेस फुटेर होइन, जुटेर अगाडि बढोस् भन्ने आम चाहना छ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij