Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

शेरबहादुर भर्सेस गगनः नागरिक कसको पक्षमा ?

शेरबहादुर भर्सेस गगनः नागरिक कसको पक्षमा ?

शनिबार, पुस २६ २०८२
शनिबार, पुस २६ २०८२
  • काठमाडौं। आजको भक्सपप कांग्रेसको महाधिवेशनका विषयमा।

    images

    अहिले कांग्रेसको महाधिवेशन विषयमा चर्को विवाद देखिएको छ। महामन्त्री गगन थापा लगायतको ५४ प्रतिशत मतले विशेष महाधिवेशनको माग गरिरहँदा संस्थापन पक्ष भने यसलाई मान्न तयार छैन।

    यद्यपि विशेष महाधिवेशनको एकप्रकारको तयारी गगन पक्षले गरिसकेको छ। देशका विभिन्न ठाउँबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम बढिरहेको छ।

    पूर्वनिर्धारित समयतालिकाअनुसार चुनावअघि नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको तयारी जोडतोडका साथ गरिएको छ। तर सभापतिसहितको संस्थापन पक्षले यसलाई मानेको छैन। उसले यसलाई औचित्यहीन माग भनेको छ।

    गगन पक्षले पार्टी नेतृत्वलाई विधानको धारा १७(२) ले विशेष महाधिवेशनको परिकल्पना गरेको हुँदा त्यसको मागलाई सम्बोधन गर्नु बाध्यकारी भएको बताएको छ।

    प्रतिनिधिसभाका उम्मेदवारको मनोनयन दर्ताको समय नजिकिँदै गर्दा कांग्रेसको विशेष महाधिवेशनको आह्वान भएको छ। पार्टीभित्र विशेष महाधिवेशनका पक्ष र विपक्षमा पार्टी पंक्ति देखिएको छ। बहुमत प्रतिनिधिको आधारमा पार्टी विभाजन हुने आशंकाबीच दुई महामन्त्रीले फुट्न नदिन प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    यसै पृष्ठभूमिका आधारमा हामीले आम नागरिकलाई सोधेका छौँ- तपाईको कुन पक्षमा ?


    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij