Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

कुलमानको राजीनामा: बहिर्गमन कि स्वेच्छा?

कुलमानको राजीनामा: बहिर्गमन कि स्वेच्छा?

बिहीबार , पुस २४ २०८२
बिहीबार , पुस २४ २०८२
  • काठमाडौं। हिजो पुस २३ गते वर्तमान चुनावी सरकारबाट कुलमान घिसिङले राजीनामा दिएका छन्। उनी अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा कार्यरत थिए।

    images

    चुनावी सरकारका मन्त्री पार्टीगत रूपमा सक्रिय हुनु अविवेकी भएको औँल्याउँदै प्रधानमन्त्री सुशीला कार्कीले सोमबारको बैठकमै राजीनामा दिन निर्देशन दिएपछि उनी व्यापक दबाबमा थिए। उज्यालो नेपाल पार्टीका संयोजक समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गठबन्धन गरेका छन्। रास्वपाले उनलाई उपसभापति बनाउने अनौपचारिक घोषणा समेत गरिसकेको छ। प्रधानमन्त्री कार्कीले यसै विषयमा असहमति जनाउँदै उनलाई पद त्याग गर्न आग्रह गरेकी थिइन्। घिसिङले रास्वपामा पद समेत लिइसकेको दाबी गर्दै प्रधानमन्त्रीले उनलाई तत्काल राजीनामा दिन भनेकी थिइन्।

    यद्यपि, मङ्गलबारको एउटा कार्यक्रममा भने उनले आफू कुनै पनि पार्टीको पदमा नरहेको दाबी गरेका थिए। सरकार प्रमुख, जनस्तर र सामाजिक सञ्जालमा समेत व्यापक दबाब सिर्जना भएपछि उनले अन्ततः हिजो राजीनामा दिएका हुन्। हिजै आयोजित पत्रकार सम्मेलनमा उनले अब आफू पूर्ण रूपमा आगामी चुनावमै सक्रिय रहने बताए।

    यही पृष्ठभूमिमा आजको भक्सपप लिएका छौँ। अन्तरिम सरकारबाट कुलमानको राजीनामा र उनको आगामी राजनीतिक यात्राबारे आम नागरिक के सोच्छन्? आजको 'भक्सपप' (जनमत) यसैमा केन्द्रित छ।

     

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij