Logo

शनिबार, भदौ ६ २०८३

शनिबार, भदौ ६ २०८३

बालेन शाहप्रति युवाको आक्रोश

बालेन शाहप्रति युवाको आक्रोश

बिहीबार , पुस १७ २०८२
बिहीबार , पुस १७ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति एक युवाले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन्। उनले बालेनलाई एक समय परिवर्तनको प्रतीक मानिए पनि निर्णायक घडीमा नेतृत्व दिन नसकेको आरोप लगाएका छन्।

    images

    'हामीले बालेन शाहलाई भरोसाको रूपमा हेरेका थियौँ,' ती युवा भन्छन् ।  तर जेन-जी आन्दोलनको बेला संविधान संशोधन, निर्वाचन प्रणाली सुधारजस्ता मुद्दामा उनी मौन बसे। परिवर्तन सम्भव हुँदा अवसर गुमाइयो।

    उनका अनुसार बालेन शाहले स्वतन्त्र र साहसी नेतृत्व देखाउने अपेक्षा गरिएको थियो, तर व्यवहारमा त्यो देखिन नसकेको गुनासो छ। 'सामाजिक सञ्जालमा सक्रिय देखिए पनि राष्ट्रिय राजनीतिक संकटमा स्पष्ट धारणा नआउनु निराशाजनक हो,' उनले भने।

    ती युवाले व्यक्ति होइन, नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको स्पष्ट गर्दै भने, 'हामीलाई कुर्सी होइन, सिस्टम परिवर्तन चाहिएको हो।'

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij